महानगरीय अपराध महाशाखा काठमाडौँ टोलील काठमाडौं उपत्यकामा भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर कारोबार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ३९ वर्षीय चन्द्र बख्रेल काठमाडौं कागेश्वरीमनहरा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका– वडा नम्बर ९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेका हुन् ।

काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का गरि २सय ९६ कार्टुन मदिरा बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबरपर्ने सामान प्रहरीले बरामद गरेको हो ।

राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ बख्रेलले राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको सूचनाको आधारमा माघ १६ गते यस महाशाखा टोलिले भन्सार छली ल्याएको थप सुर्तिजन्य पदार्थहरू सोको खाली प्याकेटहरू, विभिन्न कस्मेटिकका सामानहरू बरामद गरेको हो ।

भारतीय र नेपाली नागरिक मिलेर भारतबाट अबैध मदिरा नेपाल भित्र्या उने गरेको अनुमान सहित गरेको अनुसन्धानमा पुनः थप ५० लाख बराबरको सामान बरामद गरीएको महाशाखाले जनाएको छ ।

राजस्व छली गरी अन्य व्यवसाय समेत गर्ने गरेको सूचनाको आधारमा  उक्त बरामद गरिएका समानहरुमा   सुर्तिको धुलो रहेको बोराहरू – १०० थान २५०० के.जि. Opalene समेत लेखेको सुपरपावर सुर्तिको खोल रहेको बोराहरू – २९ थान (५८० के.जि.  Breast Up लेखेको कार्टुन थान-१ Dove स्याम्पु, साबुन रहेको Apple लेखेको ठुलो कार्टुन थान-९७ Orihex plus, OCB Slim लेखेको बोरा थान-३  Cleo Patra Golden King, Maiwand, Mond लेखेको चुरोट १४५ बन्डल रहेको कार्टुन थान-३ 10 लेखेको चुरोट ६४० बन्डल रहेको ठुलो बोरा थान-६लेडिज कुर्ता सुरुवाल ३० पिस रहेका छन् ।

बरामद गरिएको सामानहरु लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाईएको छ।

 

डेढ करोडको अबैध मदिरा सहित ४जना प्रहरीको फन्दामा