मकवानपुरको मनहरी गाउँपालिकामा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवम औषधी वितरण कार्यक्रम हुने भएको छ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर ,काठमाडौको आयोजनामायहीशनिबार मनहरी प्राथमिक स्वास्थ केन्द्रमा शिविर संचालन हुने भएको हो ।
शनिबार बिहान १० बजे देखि अप्रान्ह ३ बजे सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले जनाए अनुसार नेपालको वरिष्ठ आयुर्वेद विशेषज्ञहरुद्धारा स्वास्थ जाँच गरि निःशुल्क औषधि वितरण गर्ने भएको हो ।