बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले जित हासिल गरेकी छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रले मेयरको उम्मेदवार बनाएको दाहल अत्याधिक मतले अग्रता लिदै विजयी भएकी हुन् ।
उपमेयरमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

२०७४को निर्वाचनमा पनि माओवादीको र काँग्रेसले जित हासिल गरेको थियो भने पुनः मेयर माओवादी र उपमेयर काँग्रेस तर्फका उम्मेदवार निर्वाचित भएको हो ।

स्थानीय तहको निर्वाचनमा चितवनको लागि भरतपुर महानगर हाक्नका लागि नेकपा माओवादी केन्द्रले रेनुलाई मेयरको उम्मेदवार बनाृउने निर्णय गर्यो ।
सत्तारुढ गठबन्धनबाट मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार बने ।

केहीले प्रचण्डको छोरीको नाम दिएर त्रिभिन्न टिक्क टिपणी गरपेनि रेनुले ५ वर्षे कार्यकालमा गरेको कामको आधारमा फेरीपनि रेनुको आवाश्यक रहेको उल्लेख गरेका थिए ।

यता अध्यक्ष केपी ओली नेतृत्वको नेकपा एमालेले भने आफुुहरु जनताको काम गर्ने र शक्तीसाली पार्टी भएका कारण गठबन्धनले कुनै असर नगर्ने बताएका थिए ।
जनतामा एमाले मोहो भएका कारण जित शुनिश्चित भएको उल्लेख गर्दै एमालेका विजय सुवेदी दाहालको प्रतिद्धन्दि बने।

…………………………..

पुष्प कमल दाहाल प्रचण्ड दाहाल दम्पतीकी दोस्रो सन्तानका रुपमा वि.सं. २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भीमसेनगरमा जन्मिएकी हुन्।

माओवादीले सुरु गरेको आन्दोलनपछि बुवाआमासँगै घर छाड्नुपरेको थियो भने द्वन्द्वकालमा बुवा र आमासँगै देशभित्रै तथा प्रवासमा विभिन्न स्थानमा पुगेकी रेनु भारतमै रहँदा गुल्मीका अनिलकुमार पाठकसँग विवाह भएको थियो।

माओवादी केन्द्रमा सक्रिय रहेकी उनी अहिले केन्द्रीय सदस्य छिन् भने गठबन्धनको भविष्यलाई थप सुनिश्चित गर्ने गरि भरतपुरको नेतृत्वमा रेनुको जित हासिल गरिन् ।

२०६१ देखि २०६३ सम्म रोल्पाको पार्टी सेक्रेटरी समेत भएकी भइन्।

नेपाली, हिन्दी र अंग्रेजी भाषामा ज्ञान भएको दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्धरहेर देशको विकट ग्रामिण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुदै गएकी हुन् ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो दल बन्दा उनी संविधानसभा सदस्य बनेकी समेत थिइन्।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव बनिसकेकी उनीसँग काठमाडौंमा पनि पार्टीको जिम्मेवारीमा काम गरेको अनुभव संगै अघि बढेकी हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउँदै भरतपुर महानगरको मेयर बनेकी थिइन्।
मतगणनाको समयमा मतपत्र च्यात्ने घटना भएका कारण त्यसबेलाको चुनाव विवादित पनि भएको थियो।

यसपटक महानगरको प्रमुखमा नेर्तत्व गर्न मैदानमा उत्रिएपछि लोकप्रिय मत प्राप्त गर्दै निर्वाचित भइन् ।

उनको एक छोरी र एक छोरा छन् । भरतपुर महानगरपालिकामा रहेर ५ वर्ष प्रमुखको नेतृत्व गर्दा निश्पक्ष महानगरकै हितमा काम गरेकै कारण पुन: रेनु निर्वाचित भएको मत परिणमको आकलन गर्न सकिन्छ ।

मतगणना गर्दै जाँदा पपुलर मत प्राप्त गर्दै गईन भने अत्याधिक मत पाएर मेयर बनिन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले भरतपुरलाई थप विकास गर्ने र देशकै नमुना सहरको रूपमा परिचित बनाउने गरिकाम गर्ने बताईन।

भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी दाहालले उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकार सम्पन्न बनाउन कार्यन्वयन गराउन र सविधानमा सुनिश्चित गराउने उनको एजेण्डा रहेको बताइन् ।

उनले विगतमा आफुले महानगरमा गरेको कामकै कारण निर्वाचित भएको रअधुरा रहेका विकास निर्माणका कामहरू पूरा गरिने पनि धारणा राखेकी हुन्।

मतदाताहरूले दिएको मतको कदर हुने गरी जनताकै मनोभावाना अनुसार काम गर्ने र बजेट अभावले रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई पनि महानगरको गौरवको परियोजनाका रूपमा राखिएको कार्य पनि अघि सारिने बताइन् ।

भरतपुर महानगरमा १ लाख २७ हजार ५०८ मत खसेको थियो ।

सो अन्तरगर्त दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार​ ७२८ मत पाए।

दाहालले १२ हजार ४४९ मतान्तरले विजयी भइन् ।

उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाएर लाकप्रिय बन्दै विजयी भएका छन् ।
राप्रपाकी हिमला गुरुङलाई ३० हजार १९१ मत प्राप्त भएको हो ।
अधिकारी २२ हजार १९१ मतान्तरले अघिलागे ।