भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको १,२४,०४४ मत गन्दा दाहाल १२,०१४ मतले अग्रतामा छिन् । उनले ५०,३१० मत प्राप्त गरेकी छिन् ।
गठबन्धनबाट माओवादी केन्द्रको मृयरको उम्मेदवार रेनु दाहाल अत्याधिक मतान्तरमा अग्रता कायम गरेर पपुलर बन्दै महानगर हाँक्ने भएकी हुन् ।
प्रतिद्धन्दिमा एमाले तर्फको विजय सुवेदीले ३८,२९६ मत पाएका छन् ।
भुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४,७०५मत पाएका छन् ।
मेयर पदको घमासानमा धेरै जसोको चासो बनेको भरतपुर महानगरमा दोस्रो कार्यकालको मेयर रेनु बनेकी हुन् ।
त्यस्तैगरि उपमेमयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५१,१२९मत पाएका छन्।
राप्रपा तर्फको हिमला गुरुङ्गले २९,८८२मत पाएकी छन्। अधिकारी र गुरुङ्ग विच २१,२४७ मतान्तर छ।
भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो । मतगणनाको नतिजा अनुसार गणना बाँकी रहेको मत भन्दा पनि दाहाल र अधिकारीकै अधिक मत हुने भएका आधारमा गठबन्ध तर्फका २ उम्मेदवार विजयी भएका हुन् ।
घोषण भने भईसकेको छैन ।


















प्रतिक्रिया दिनुहोस्