पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट कार्तिक २ गते करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित  दुई वटा ट्रक  सशस्त्र प्रहरीले नियन्त्रणमा  लिएको छ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक  सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो।

बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ।

नागरिक न्युजबाट साभारछ