हराएको मोबाइल फेला पारेर सम्बन्धीत धनीलाई फिर्ता गरिँदै ।

हेटौंडा । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले हराएको मोबाइल फेला पारेर सम्बन्धीत धनीलाई बुझाएको छ । शनिबार चितवन जिल्लाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै २६ थान हराएको मोबाइल फोन फेला पारेर सम्बन्धीत धनीलाई बुझाएको छ ।चितवनको विभिन्न स्थानहरबाट मोबाइल फोन हराएको निवेदन दर्ता गराएको प्रहरीले जानकारी दिएको छ ।

चितवन प्रहरीले हराएर फेला पारेको मोबाइललाई सार्वजानिक गरिँदाको तस्बीर ।

चितवनका प्रहरीले हराएको मोबाइलको खोजतलास गर्ने क्रममा ११ लाख रुपैयाँ बराबरको सामसङ्ग, भीभो, पोगो र आइफोन फेला पारेर सम्बन्धी व्यक्तिलाई बुझाएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरी उपरीक्षक गोविन्द पूरीले विगत १ महिनादेखि चितवनमा विभिन्न समयमा भएको चोरी तथा लागूऔषध विवरणको प्रस्तुती गरेका थिए ।

रातो समाचार संवाददाता
थप जानकारी