Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

  • विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ । देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक गर्न लागेको चेतावनी आएकाले मतदान प्रभावित हुने भएको जनाएको छ । करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भएपनि ह्याकरको चेतावनीका कारण ती मतपत्रहरू ढिलोमा अगस्ट ११ सम्ममा पुग्नसक्ने बताइएको छ । यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई पठाइने हुलाकी मतपत्रमा कोड राखि प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनकबीच ‘पोस्ट वा अनलाइन’द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो । मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेशनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ । मंगलबार साँझ एउटा इमेललाई सङ्केत गर्दै बेलायतस्थित एक सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, “तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरुमा भनेभन्दा अलिपछि तपाईँसँग आउनेछ । समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, “कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौं, जसले हामीलाई केही ढिला बनाएको छ ।” पहिलो अनलाइन मतदान प्रणाली अन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्नसक्ने, साथै, मतपत्रमा देखिने कोड भएमा हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्वीर अनलाईनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो । परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिनेछ । स्मार्केट्सका अनुसार, ब्रिटिश विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेका छन् जबकि ऋषि सुनकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ । पार्टी सदस्यहरूले सुनकले बोरिस जोन्सनलाई पदच्युत गर्ने भूमिका खेलेको विश्वास गरेका कारण सुनकप्रतिको समर्थ कम देखिएको छ । ट्रसलाई समर्थन गर्ने र उहाँलाई सरकार निर्माण गर्न सघाउन चाहेका टोरी सदस्यहरूमा ज्याकोब रिज–मोग, नाडिन डोरिस र बोरिस जोन्सन रहेका छन् । अर्कोतर्फ, हालैको यू–गोभ सर्वेक्षणअनुसार सुनकलाई समर्थन गर्ने टोरी सदस्यहरूमा टम टुगेन्हाट, माइकल गोभ, साजिद जाविद र जेरेमी हन्ट रहेका छन् । सरकारी अधिकारीहरूको राजीनामाको विवादमा जोन्सनलाई जुलाई ७ मा पदबाट हट्न बाध्य गरिएपछि नेतृत्वका लागि दौड सुरु भएको हो । नयाँ टोरी नेता निर्वाचन जितेर नआउँदासम्म कानुनअनुसार जोन्सनले प्रधानमन्त्रीको पदमा रही जिम्मेवारी सम्हालिरहनुहुनेछ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology