रोशन दिप – हेटौडामा तामाङ चलचित्र ए ङाला ह्राङ्बा मायाको २० गते ओम्याक्स हलमा विशेष शो हुने भएको छ ।

सञ्जय अर्जुनले निर्देशन गरेको चलचित्रका निर्माता हुत्त सञ्जय लामा हुन् जसको छाँयाकन मकवानपुर जिल्लामा रहेको ईन्द्रसरोवर गाउँपालिकामा भएको हो ।

निर्देशक हुत्त सञ्जय लामाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रमा पारिवारीक रसामाजिक कथावस्तुमा देखाउन खोजिएको निर्माण पक्षले जानकारी गराए।

मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा बनेको चलचित्रमा सागर दोङ तामाङले संगीत दिएका छन् । चलचित्रमा प्रज्वल राउतको छायाँकन रहेको छ भने लोसाङ लामा र इकेश लामाको निर्माणमा बनेको हो ।

त्यसैगरि अभिनय हिराबहादुुर मुक्तान, मनिका सिंतान, हेमकुमार तितुङ, तारा थोकर, सुनिता लुङ्वा, माया डोल्मा लामा, राजकुमार तामाङ, जगतबहादुर मुक्तान लगायतको रहेको छ भने लगभग २४ लाख लगानीको हाराहारीमा चलचित्र बनेको हो ।

सम्मेलन चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुन, तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामा, तामाङ पत्रकार संघ बागमती प्रदेशका ज्ञानेन्द्र तामाङ, नेपाल तामाङ संस्कृति घेदुङ मकवानपुरका अध्यक्ष अजय गोले लगायतको आतिथ्यतामा भएको हो ।