हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ वडा कार्यालयमा पुगेर तोडफोड गरेको घटनाको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैक्रममा आफु निरन्तर जनताको सेवामा खटिरहँदा पनि कार्यालयमा आएर तोडफोड गर्ने कार्य गुण्डागर्दी भएको भन्दै वडाध्यक्ष गोपाल बहादुर श्रेष्ठले दुख व्यक्त गरेका छन् ।

यसरी जनताको काम गरिरहदापनि  कार्यलयमा आगजनी गर्ने प्रयास समेत गरेको  र यस्तो कार्य गर्नेलार्इ कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

जनताविचमा रहेर भौतिक पुर्वधार निमार्णमा अग्रसर रहेर विजुली घरघरमा पुर्याउने, शैक्षिक क्षेत्रमा विकास हरेक स्थानमा सडक निमार्ण गरेर ९० प्रतिसत कामहरु सफल पारेको र वडाबासीलाई सन्तुष्ट परेर काम गर्दागर्दै पनि यो विरोधीको खेल भएको बताए ।

यो अन्य केही नभएर अहिले पार्टीप्रति विश्वास गरेर एमालेमा प्रवेस गर्नेहरुको संख्याात्मक वृद्धि देखेर आफु सकिने डरले रणनिति अपनाएर यो घटना घटाईएको उनको भनाई छ ।

अध्यक्ष श्रेष्ठले भने  “आउदै गरेको स्थानीय निर्वाचनको तारगेट गरेर  राजनिति दाउपेच चलाउन विपक्ष दलबाट  सकारात्मक कामलाई दाग लगाउने उद्देश्य हो ।सरकारी कार्यालयमा आफु जनताको प्रतिनिध भएर  रातदिन जनताकै काम गरिरहेका छौँ ।आज सदस्यलाई कार्यवहाक अधिकार दिएर म बिदामा थिएँ । उहाहरु आउनु भएछ  र अध्यक्ष खै किन अध्यक्ष नबसेको ?  भन्दै विवाद गर्नुभएछ । कार्यवहाक जिम्मेवारी लिने सदस्यले कार्यलयबाट गरिने काम हुन्छ  म छु भन्दाभन्दै पनि घटनाले उग्रता लिएछ । जनताको काम गरिने कार्यालयमा आएर काणनै नसोधी  जनतालाइनै नोक्सानी हुने काम गरियो ।यो घटना निकै निन्दनिय छ । कार्यमा संलग्नलाई कडा कारवाही हुनुपर्छ ।”

जिल्ला प्रहरी कायर्मालय मकवानपुरका प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गले शुक्रबार  सरकारी कार्यालयमा तोडफोड गरेको कार्य कानुन विपरित भएको र दोषी कानुनी कारवाहीमा पर्ने बताए ।

उक्त घटना घटाएको भनि प्रहरी कार्यालयमा अहिले ३ जनाको नाममा ठाडो उजुरी आएको र उजुरी अनुसार १ जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको बताएका हुन् ।

कार्यालयमा पुगेर सम्पत्तिको तोडफोड गर्ने कार्य गर्ने जो कोहीलाई कानून अनुसार कार्बाही हुने  प्रहरी प्रमुख गुरुङ्गले बताए ।

उनले भने  “घटना स्थलमा पुगेर  प्रहरी जानकारी लिने क्रममा सेवाग्राहीको काममा ढिलाई गरेको भन्दै विवाद भएपछि वडाध्यक्षको कुर्सी बाहिर निकाले  कार्यालय तोडफोड गरेको पायौँ ।अहिले ठाडो उजुरी आएको छ । एक जनालाई फक्राउ गरिएको छ ।अरुलाई खोजी गर्दै छौँ । अब आएको जाहेरीको आधारमा हामीले अनुसन्धान गर्छौ । दोषी भएमा  दोष अनुसार कारवाही हुन्छ ।”