हेटौँडा उपमहानगरपालिकाको असार १० गते स्थगित भएको नगरसभा बैठक १२ गते सम्पन्न गरिएको छ।

आगामी आर्थिक वर्षका २०७८- ०८० को लागि तयार गरिएको बजेट प्रति असन्तुष्टी जनाउदै स्थानिय निर्वाचन २०७९मा एमाले तर्फका हेटौँडा उपमहानगरको वडामा निर्वाचित जनप्रतिधिहरुले नगरसभाबाटै बाहिरीएका थिए ।

असार १२ गते नगरसभा सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगर सभा तथा एघारौं अधिबेशन बहुमतमा रहेको नेकपा एमालेका कार्यपालिका सदस्यहरुले सभा संचालन गर्न नदिने अडान राखेर सभा कक्षमा प्रवेश नगरेकै कारण हेटौंडा उपमहानगर सभा तथा एघारौं अधिबेशन सभा सुरु हुन सकेन।
आफ्ना माग पुरा नभए सभा चल्न नदिने एमालेका एक कार्यपालिका सदस्यले बताए ।
हाल सभा हुने स्थलमा नगरपालिकाका कर्मचारी, सत्ता गठवन्धनका जनप्रतिनिधिहरु सहित रहेका सभाबाट बाहिरिएर एमाले पक्षका जनप्रतिनिधिहरुले आफुले राखेका कुराहरुको सम्बोधन गरिनुपर्ने बताएका थिए ।

यसै विषयमा नेकपा एमालेका मकवानपुर अध्यक्ष एकलााल श्रेष्ठ यसो भन्छन् ।