राजिव परियार- बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार हरुले आफुले गर्ने कार्य योजना सहित घरदैलो अभियान अघि सारेका छन् ।
यसैक्रममा नेकपा एमालेको तर्फबाट भिमफेदी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका सिताराम थापा सहित घरदैलो अभियानमा दौडिएका हुन् ।
जनताले खोजेको, रोजेको र विश्वास गरेको पार्टी एमाले को तर्फबाट आफुले सहजै चुनाव जितिने उल्लेख गर्दै उम्मेदवारी दिएका थापा सहितका टोली भिमफेदि वजार ,सिमलटार लगायतका स्थानमा पुगेका हुन् ।
घरदैलो कार्यक्रम बृद्धबृद्धासंग भेटघाट गरितथा आशिर्वाद लिदै शिक्षा स्वास्थ रोजगारी र पर्यटकिय पालिका सिर्जना गर्न र वडा लाई समृद्ध बनाउन उम्मेदवारी दिएको बताए ।
२०७४ सालमा निर्वाचित भएर जनताको चित्त बुझ्नेगरि र काम गरेकै कारण जनताकै चाहानामा फेरीपनि जनतकै काम गर्न उम्मेदवारी दिएको बताएका हुन् ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष थापा सहितमहिला सदस्य मंगलादेवी श्रेष्ठ, दलित महिला सदस्य सरिता परियार, सदस्य हरुमा सनतकुमार धिसिङ, सुभाष राना मगर रहेका छन् ।























प्रतिक्रिया दिनुहोस्