Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीले आ–आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेर व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । अध्यक्षका प्रत्यासीले व्ययसायीमाझ टान नेतृत्वमा पुगेको खण्डमा आगामी कार्ययोजनाको खाकाको फेहरिस्त प्रस्तुत गरेर माहोल आफ्नो पक्षमा बनाउन दौडधुप गरिरहेका छन् । निर्वाचनमा आकाङ्क्षीले चुनावी एजेण्डा व्यवसायीमाझ पस्किइरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायी रहेका छन् । उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा यो क्षेत्रको सुधारका लागि टेवा पुग्ने विश्वास लिएका छन् । टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म चार प्रत्यासी चुनावी अभियानमा छन् । वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले टान नेतृत्वका लागि आकाङ्क्षा देखाएका छन् । अध्यक्षका प्रत्यासीले व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । अध्यक्षका प्रत्यासीमध्येका पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले टान नेतृत्वमा पुगेको खण्डमा टानलाई पूर्ण व्यावसायिक हितका लागि काम गर्ने प्रभावकारी संस्थाको रूपमा स्थापित गर्दै पर्वतीय पर्यटन विकास र प्रवद्र्धनमा आफूलाई सक्रिय बनाउने बताउनुभयो । टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रूपमा विकास गर्ने योजना सुनाउनुभएका बाँस्तोलाले पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानव स्रोतसाधनयुक्त बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रलाई गुणस्तर अभिवृद्धि गर्न जरुरी छ । बिजनेस दर्ता गरेर मात्रै सम्भव हुँदैन । त्यो व्यवसायी व्यवसाय गर्न सम्भव छ कि छैन । पदमार्गमा कुनै पदयात्री कुनै पनि खाले समस्यामा परेर सहयोग खोजेको अवस्थामा टानले सहजीकरण गर्ने वातावरण हुनुपर्छ ।” अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताउनुभयो । अध्यक्षका प्रत्यासी कमल सापकोटाले पर्वतीय पर्यटनको विकास एवं प्रवद्र्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने योजनासहित टान नेतृत्वमा जान चाहेको बताउनुभयो । पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी बोधराज भण्डारीले टानका साधारण सदस्यप्रति उत्तरदायी भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय सदस्य रहेका छन् । टानमा इ–लाइबेरी बनाइने व्यवसायी बाँस्तोलाले व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताब, फोटो, भिडियोलगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ–लाइबेरी स्थापना गर्ने योजना रहेको बताउनुभयो । “टानले अहिलेसम्म डाटाबेसमा खेलेको छैन । यो समयको माग हो, आजको आवश्यकताअनुसार कुन देशबाट कति पर्यटक भित्र्याउने भन्ने भिजनका साथ अघि बढ्नुपर्छ ।” व्यवसायी बाँस्तोलाले विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विदेशी पर्यटक नेपाल भित्रने कुन देशमा कस्तो बजारीकरण आवश्यक छ । देशीय गन्तव्यवाइज बजारीकरण गर्नका लागि व्यवसायीसँग छलफल गरेर कार्यक्रम कार्यान्वयन गरिनुपर्छ ।” टान प्रादेशिक संरचनामा टान अझै पनि प्रादेशिकरूपमा जान नसकेको भन्दै व्यवसायी बाँस्तोलाले टानलाई प्रादेशिक संरचनामा लगेर व्यवसायीलाई मतदानको अधिकारको सुनिश्चित गर्न जररी रहेको उल्लेख गर्नुभयो । उहाँले टानलाई प्रादेशिकरूपमा व्यवस्थापन गर्दै समयसापेक्ष देशव्यापीरूपमा विकास गरी पदमार्गको पहिचान र प्रवद्र्धन गर्न नयाँ कार्यसमितिले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । व्यवसायीको नजरमा टान नेतृत्व कस्तो ? टानका पूर्वअध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्न सक्ने नेतृत्व अहिलेको अपरिहार्य भएको बताउनुभयो । अध्यक्षका प्रत्यासीमध्ये बाँस्तोला सफल पर्यटन व्यवसायी, पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा लगानी गरेर स्थापितरूपमा चिनिएको नाम भएकाले टान नेतृत्वका लागि उपयुक्त रहेको जिकिर गर्नुभयो । टानको आन्तरिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउँदै समस्याको पहचिान गरी सरोकारवालासँग समन्वय गरेर समाधान गरिनुपर्ने व्यवसायीको धारणा छ । लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापन गर्ने बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरूले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले महामारीले सुस्ताएको पर्यटन व्यवसायमा उत्साह भर्ने निर्भिक र जिम्मेवार नेतृत्व टानलाई आवश्यक भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको अनुभव र विज्ञताका आधारमा नेतृत्व चयन गरिनुपर्ने औँल्याउनुभयो । पर्यटन व्यवसायी निमा शेर्पाले टानलाई व्यवसायीको हितमा काम गर्ने संस्थाको रुपमा स्थापित गर्न सही नेतृत्व चयन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । काठमाडौँ एडभेन्चर ट्रेक्सका प्रबन्ध निर्देशक एक्सपेन्सन दाहाल पनि नयाँ नेतृत्वले टानलाई संस्थागत सुदृढीकरण र गतिशील बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology