Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ सार्वजनिक

सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ नामक देउडा गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार भानुभक्त जोशीको शब्द तथा सङ्कलनको उक्त गीत र भिडियोमा सुदूरपश्चिमका नौ ओटै जिल्लाका अधिकांश धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको छ। उक्त गीतले मनोरञ्जन दिनाका साथै सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगाउने अपेक्षा गरिएको छ । कैलालीको टीकापुर पार्क, चिसापानी, घोडाघोडी ताललगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई देउडा गीतलाई समेटेर अहिले बजारमा ल्याइएको म्युजिक भिडियोमा कञ्चनपुरको वेदकोट ताल, शुक्लाफाँटा, दोधारा चाँदनी पुल, अछामको बैझनाथ धाम, रामारोशन ताल, डोटीको शैलेश्वरी, डडेल्धुराको अमरगढी, बाजुराको बडिमालिका, बझाङ्को बान्नी चैतली, दार्चुलाको सितड भगवती र अपी सैपाललाई समेटिएको छ । यसैगरी दार्चुलाको तमाखु र कैलालीको मन्सुली धान, नेपालका अमर शहीद बलभद्र कुँवर, दशरथचन्द ठाकुर, भीमदत्त पन्तलाई पनि सम्झिएको छ । पश्चिम नेपालको लोकलयमा गाइएको गीतलाई यहाँको संस्कृति संरक्षण, पर्यटकीयस्थलको पहिचान र सम्भावनाको खोजीका रुपमा कलाकारले लिएका छन् । चर्चित देउडा गायिका रेखा जोशी र शेरी आउजीले गाएको गीत सुन्दा देउडा दोहोरीजस्तो लागे पनि गीतमा सवालजवाफ भएको छैन् । यस गीतमा एकल वर्णनात्मक भाव बढी झल्किएको छ ।‘‘गीतमा सुदूरपश्चिमका सबै जिल्लाका धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको देखिन्छ’’, देउडा प्रेमी तथा कलाकार नवराज रिमाल भन्नुहुन्छ, ‘‘गीतमा माया र प्रेमसँगै, प्रकृतिसँग प्रेम, संस्कार र संस्कृतिसमेत झल्किन्छ । गीत र भिडियोमा सुदूरको माटो भूगोल र पहिचान झल्कन्छ ।’’ गीत सुन्दा पर्यटन प्रवद्र्धनका लागि गाइएको जस्तो लाग्छ । अर्को रोचक कुरा म्युजिक भिडियोमा अभिनय गर्ने एउटा पात्र कुनै कलाकार नभइ नाम चलेका प्रहरी अधिकृत भएको र यसले गर्दा पनि गीतलाई अझै बढी ओझिलो बनाएको छ । टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले गीतमा अभिनय गर्नुभएको छ । ‘‘व्यक्तिगत हिसाबले मेरो रहर पनि थियो, विभागबाट स्वीकृति लिएर यो अवसर जुटाइयो’’, उहाँ भन्नुहुन्छ, ‘‘विशेषगरी यहाँको कला संस्कृति, भौगोलिक अवस्था, मठ–मन्दिर, यहाँका प्रसिद्ध पर्यटकीयस्थलहरुबारे वर्णन गरिएको गीत भएकाले पनि राम्रो लाग्यो । गायक पनि प्रहरी सहायक हबल्दार भएकाले झन रहर बढ्यो ।’’उहाँ भन्नुहुन्छ, ‘‘ एउटा फौजी देश र जनताका लागि २४ सै घण्टा खटिने मानिस हो तर उसलाई पनि मनोरञ्जन चाहिन्छ । त्यसकारण गीत, सङ्गीत र फौजी एक अर्काका परिपुरक भएका हुन् ।’’ ‘‘मैले देउडा गीत धेरै गाएको भए पनि यसरी एउटै गीतमा पूरै सुदूरपश्चिमलाई समेटिएको गीत पहिलो पटक गाएको र यसले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेकी छु’’, देउडा गायिका जोशी भन्नुहुन्छ, ‘‘कतिपय धार्मिक आस्था, माया प्रेम, परदेशी पीडा, गरिबी, विभिन्न ठाउँ र गाउँ गाउँका गीत गाएकी छु तर यो गीतले सुदूरको ब्याख्या गरेकाले एउटै गीतमा सुदूरपश्चिम देखिने यो मेरा लागि नयाँ अनुभव हो ।’’ जोशीको शब्द तथा लय रहेको गीतमा आउजी र जोशीले स्वर मिसाउनु भएको छ भने प्रहरी नायब उपरीक्षक शाही र कलाकार झरना बोहराले अभिनय गर्नुभएको छ । गीतमा सुदूरपश्चिमका अधिकांश धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएकाले गीत अझैँ मार्मिक भएको देउडा प्रेमीहरु बताउँछन् । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology