Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इञ्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिनुभयो । “विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेराबार गर्ने तयारी छ”, निर्देशक भण्डारीले भन्नुभयो । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उहाँले बताउनुभयो । प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहुवर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेराबारा गर्ने तयारी छ । यो वर्ष घेराबाराका लागि रु एक करोड र भवनसहित टावर निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्ग दायाँबायाँको कच्ची भागलाई मर्मतसम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताउनुभयो । ओटासीलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठूलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावन मार्ग चर्किएको छ । भर्नुपर्ने माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ ‘अटोमेटिक शिल’ गरेपछि पुनः माटो बस्ने उहाँले बताउनुभयो । विसं २०५८ मा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो । धावनमार्ग विस्तार भएपछि तारा एयरले पहिलोपटक प्राविधिक उडान गरेको थियो । रु आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङस्थलमा कालोपत्र भएपछि नेपाल वायुसेवा निमगले पहिलो परीक्षण उडान सम्पन्न गरेको थियो । विमानस्थलमा हप्तामा एक पटक उडान गर्ने तारा एयर र इलाम नगरपालिकाको योजनाअनुसार केही समय उडान भएको थियो । उडानका लागि सम्झौताअनुरुप यात्रुबापतको रु ११ लाख बढी रकम नगरले तारा एयरलाई भुक्तानी गरेको थियो । नेपालमा साना विमानस्थलको निर्माण र स्तरोन्नति भए पनि साना विमानको अभावमा नियमित उडान हुन सकेको छैन । साना जहाजको सञ्चालन खर्च बढी हुने भएकाले पनि लगानीकर्ताले यसतर्फ चासो नराखेको बताइएको थियो । साना विमानस्थललाई हुने जहाज आए राम्रो हुने निर्देशक भण्डारीको भनाइ छ । इलाममा निर्मित विमानस्थलबाट नियमित उडान गराउन पहल भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology