वाग्मती प्रदेश सांसद एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले सामुदायिक वन बिभिन्न बहानामा धनाढ्यको कब्जामा गैरहेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको दास्रो अधिबेशनको उद्घाछन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद पाठकले संघिय सरकारले ब्यक्तीलाई बिभिन्न परियोजनाको नाममा ३० बर्षको लागि सामुदायिक वनको भोगचलन गर्न दिने नीति समुदायले जोगाएर राखेको वन विनास गर्ने कारकतत्व हुने बताउनुभयो । सरकारले बिपन्न समुदायलाई भने १० बर्षको लागि भोगचलन दिने निर्णयले १० बर्षसम्म वन जोगाउन बिपन्न समुदाय प्रयोग गरेर धनाढ्यलाई सुम्पने किसिमको प्राबधान ल्याएकोप्रती सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भैरहेको बताउनुभयो ।

समुदायलाई सम्पन्न र समृद्ध बनाउन सामुदायिक वन उपभोक्ता समुह केन्द्रित भएर स्रोतहरु आउनेपर्ने उहाँको भनाई छ । समुदायलाई नै माथी उठाउन उनिहरुले नै वन जोगाएको कारण प्राप्त रकमहरु उनिहरुसम्म पु¥याउनुपर्ने राज्यको दायित्व रहेको उहाँले जनाउनुभयो । जलबायु परिवर्तनको असर कम गर्नको लागि दिनरात खटिने समुदायको लागि काम गर्नको लागि सरकार र सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।

सांसद पाठकले सामुदायिक वनबाट नेतृत्व विकास गर्नुभएका ३ हजार जनाले स्थानिय सरकार र ३० जनाले संघ र प्रदेशमा निर्वाचन जित्नुले पनि समुहमा रहेका महिला, आदिबासी जनजातीको क्षमता विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ हेटौंडाको अध्यक्ष शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ वाग्मती प्रदेश कोषाध्यक्ष निर्मला न्यौपाने, मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगाएतले बोलनुभएको थियो ।