Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सामुदायिक वन पर्या–पर्यटन र उद्यमशीलतातर्फ जुट्दै

सामुदायिक वनमा आयआर्जनको मुख्य स्रोत काठको विकल्प खोज्न थालिएको छ । प्राकृतिक स्रोत काठ निकासीमा झन्झटिलो कानूनी व्यवस्था भएका कारण उपभोक्ता समूहले आम्दानीका लागि वैकल्पिक बाटो अपनाउन थालेका हुन् । लामो समयदेखि वनको संरक्षण, संवद्र्धन र उपयोग गर्दै आएका सामुदायिक वनका उपभोक्ता समूहले सम्भाव्यता अध्ययनका आधारमा पर्या–पर्यटन तथा उद्यमशीलताको विकाससँगै आयआर्जमा जोड दिन थालेका हुन् । सेती नदीको किनारस्थित भिरालो पाखोमा पोखरा महानगरपालिका–१७ रातोपैह्रा सामुदायिक वन समूहले पनि त्यस्तै बाटो अपनाउँदै पर्या–पर्यटन प्रवद्र्धनसँगै रोजगार सिर्जना गर्ने उद्देश्यका साथ वन क्षेत्रमा सुविधा सम्पन्न पदमार्ग निर्माण कार्य सुरु गरेको छ । साढे दुई किलोमिटर लम्बाइको उक्त पदमार्ग निर्माणका लागि पोखरा महानगरपालिकाको वन तथा वातावरण महाशाखाको रु १० लाख र रु एक लाख ७५ हजार स्थानीय जनसहभागितामा तीन सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । बहुवर्षे योजनाका आधारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको ओमकारेश्वर प्राकृतिक पुल ढुङ्गेसाँघु नामकरण गरिएको उक्त पदमार्गमा यात्रु सुरक्षाका लागि एकतर्पm फलामे रेलिङबारकोसमेत व्यवस्था गरिएको पदमार्ग निर्माण समितिका संयोजक टीकाबहादुर द्वारेले जानकारी दिनुभयो । रातोपैह्रा सामुदायिक वन समूहका उपाध्यक्षसमेत रहनुभएका द्वारेका अनुसार पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, प्राकृतिक पुल ढुङ्गेसाँघुलगायत विभिन्न धार्मिक क्षेत्रसहित वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयसँग जोडिएको उक्त सामुदायिक वनको साढे १२ हेक्टर क्षेत्रफल छ । विसं २०४१ मा सरकारीस्तरबाट वृक्षरोपण गरी नर्सरी वनका रुपमा विकास गरिएको सो सामुदायिक वनमा उपभोक्ताको अथक प्रयासबाट हरियाली प्रवद्र्धन भएको छ । उहाँले भन्नुभयो, “पदमार्ग निर्माणसँगै पर्यटन प्रवद्र्धनका साथै यस क्षेत्रका बासिन्दाका लागि रोजगारसमेत सिर्जना हुने विश्वास छ ।” पदमार्गअन्तर्गत चुन पोल्ने स्थानमा रहेको ठूलाठूला चट्टाने ओडारमा रेष्टुरेन्ट सञ्चालन गरिने र विशेष गरी प्राकृतिक पुल ढुङ्गेसाँघुको भूवनोटका बारेमा अध्ययन अवलोकन गर्न सहयोग पुग्ने संयोजक द्वारेको भनाइ छ । सामुदायिक वन समूहका सचिव विष्णुमाया थापाका अनुसार पदमार्ग निर्माणले यस क्षेत्रको थप पर्यटकीय गन्तव्यका रुपमा विकास हुनुका साथै उपभोक्तालाई वन पैदावार निकासीका साथै अग्निरेखाको समेत काम गर्नेछ । समूहको प्रयासमा विभिन्न समयमा रोपिएका बिरुवा हुर्केपछि वनको रुप लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वनमा बाँस, चाँप, लप्सी, उत्तिस, पाउलोनिया, रुद्राक्षलगायत प्राकृतिक बिरुवा हुर्केका छन् । सुरुको अवस्थामा रोपिएका सिसौका बोट भने अधिकांश सुकिसकेका छन् ।” कास्कीका कतिपय सामुदायिक वन समूहले प्राकृतिक स्रोत पानीलाई शुद्धीकरण गरी बजारमा बिक्रीवितरण गर्दै आएका छन् । लप्सीको अचार बनाएर स्वदेश तथा विदेशमा स्वाद चखाउने, नगदेबाली अलैँची, कुरिलो, कफी, लगाएर वन संरक्षणसँगै मनग्य आर्यआर्जन गर्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology