Rato Samachar
Thu, 24 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

ससकर्मी भण्डारी र रेग्मी सम्मानित

नेपाल प्रेस युनियन पाल्पाले दुई राससकर्मीसहित तीन पत्रकारलाई सम्मान गरेको छ । रासस केन्द्रीय कार्यालयमा कार्यरत जीवन भण्डारी, रामपुर पाल्पाका समाचारदाता सुशीला रेग्मी र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई सम्मान गरेको हो । गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा निर्वाचित पाल्पाली पत्रकार उपाध्यक्षद्वय भण्डारी (उपत्यका उपाध्यक्षतर्फ), अर्याल (लुम्बिनी प्रदेशतर्फ) र केन्द्रीय सदस्य सुशीला रेग्मीलाई बधाई शुभकामना दिँदै सम्मान गरेको प्रेस युनियन शाखाका सभापति भरत शर्माले बताउनुभयो । केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित हुनुभएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौँमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । राससको उपसम्पादकसँगै विभिन्न सञ्चारमाध्यममा आवद्ध हुनुहुन्छ । केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित हुनुभएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आउनुभएको छ । उहाँ कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादकसमेत हुनुहुन्छ । यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित हुनुभएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि राससलगायतका विभिन्न सञ्चारमाध्यममा आवद्ध रही पत्रकारिता गर्दै आउनुभएको छ । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सम्मान गर्दै पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो । पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिका रुपमा प्रयोग नहुन मन्त्री रानाले अनुरोध गर्नुभयो । उहाँले लोकतन्त्रको संस्कार बोकेका पत्रकारले सही र सत्यतथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताउनुभयो । –––
रासस
रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology