Rato Samachar
Sun, 26 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार समाज

‘समृद्ध समाजका लागि सकारात्मक चिन्तन जरुरी’

समृद्ध समाजका लागि सकारात्मक चिन्तन आवश्यक पर्ने भएकाले त्यसका लागि समाजका अगुवाहरूले सही र प्रगतिशील विचार प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बुटवलले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरूले समाजमा हिंसा र अशान्ति बढिरहेकाले यसलाई नियन्त्रण गरी शान्त एवं समृद्ध समाजका लागि सकारात्मक विचार आवश्यक रहेको बताउनुभयो । सतविचारबाटै सतमार्गमा हिँड्न सकिने धारणा बताउँदै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भन्नुभयो, “सयमा ९९ काम राम्रो गरे पनि एउटा काम नराम्रो भयो भने त्यही नराम्रो कामको चर्चा हुन्छ । सकेसम्म हाम्रो असल आचरण र व्यवहारका साथ काम गर्नुका साथै विचार फराकिलो बनाएर अघि बढ्नुपर्छ ।” सो उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले सकारात्मक सोच लिएर अगाडि बढ्न सके शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले आफ्नो भूमिका निर्वाह गर्दा सकारात्मक सोच राखेर जनताका बीचमा जान सके नगर सुन्दर बन्छ । हामी आवेसमा आउँदा हामीलाई नै समस्या हुन्छ”, उहाँले भन्नुभयो । ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख कमला दिदीले सबै जनप्रतिनिधिले सकारात्मक सोचका साथ काम गर्ने हो भने उपमहानगर नमूना बन्ने बताउनुभयो । “तपाईँहरू पाँच वर्षलाई चुनिएर आउनुभएको छ, चुनौती धेरै छ । जनताको आशा धेरै छन् । हामी आफ्नो पदमा रहँदा सकारात्मक विचार आवश्यक छ । कहिलेकाहीँ जनता रिसाएर आउँदा तपाईँहरू पहिले सुन्नुस् अनि मुस्कुराएर बोल्न सुरु गर्नुस्”, उहाँले भन्नुभयो । उहाँले क्रोध गर्न शक्ति नचाहिने तर सहन शक्ति चाहिने भएकाले कुनै पनि कुराको सामना हात र मुखले नभई धैर्यता र बुद्धिले गर्नुपर्ने बताउनुभयो । “निन्दा गर्नेको पनि इस्ट बन्नुपर्छ । विचारमा शान्ति, बोलीमा शान्ति भयो भने नागरिकको मनमा बस्न सकिन्छ”, उहाँले भन्नुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनप्रतिनिधिलाई कामको बोझका कारण तनाव बढी हुने भएकाले यस्ता प्रशिक्षण आवश्यक रहेकामा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षण दिँदै ब्रह्मकुमार राजुले कुनै पनि परिस्थितिलाई सहजरूपमा लिन सके तनाव नहुने बताउनुभयो । “खुसीजस्तो खुराक छैन, चिन्ताजस्तो रोग छैन”, उहाँले भन्नुभयो, “हाम्रो मनमा उत्पन्न नकारात्मक विचार नै दुःखको कारण हो । त्यसैले सधैँ सकारात्मक सोचौँ”, उहाँले भन्नुभयो । ब्रहमकुमारी राजयोगिनी सीमाले सकारात्मक चिन्तनले जीवन परिवर्तन हुने बताउनुभयो । अशान्त मनलाई शान्त बनाई आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्न सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । अग्रज पत्रकार डा बालकृष्ण चापागाईँले शान्ति स्थापना गर्नमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ब्र्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुखसचिव नारायणले यो विश्वविद्यालय अन्तर्राष्ट्रिय आध्यात्मिक शैक्षिक संस्था भएकाले सकारात्मक विचारको प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । –रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

हेटौंडा कपडा उद्योगले सञ्चालनका लागि सरकारको बाटो कुरिरहेको छ :रास्वपा सांसद उप्रेती

रातो समाचार संवाददाता

६ लाख पुरस्कार राशिको सूर्यनगर गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने

आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकप फुटबल बैशाख १७ गतेबाट, विजेताले १० लाख रुपैयाँ पाउने

रातो समाचार संवाददाता

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री

लोकप्रिय



भर्खरै

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

Mostbet Casino-da Canlı Bahis Araşdırması

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology