Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सञ्चारमाध्यमको सङ्ख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड

नेपाली पत्रकारिता क्षेत्रका विज्ञहरुले आमसञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिभन्दा पनि विषयवस्तुको गुणस्तरमा जोड दिनुभएको छ । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज आयोजना गरेको ‘देशका मिडियाः बदलिँदो समयमा प्रेसका चुनौती’ विषयक अन्तरक्रियामा सञ्चार क्षेत्रका विज्ञहरुले पछिल्लो समयमा बजारको अध्ययन नगरीकन आफ्नो सोख पूरा गर्ने उद्देश्यले मिडिया खोल्ने तर विषयवस्तुमा मतलब नराख्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । पत्रकारिताका प्राध्यापक पी खरेलले नेपाली पत्रकारिता क्षेत्रलाई सोसल मिडयासँग तुलना गर्न नहुने भन्दै आमसञ्चारमाध्यमले मुख्यगरी जनताका विषयवस्तुमा बढीभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले सूचना, सञ्चार र प्रविधिको तीव्र विकाससँगै आमसञ्चारमाध्यमले पनि आफूलाई समयअनुरुप परिवर्तन गर्दै लैजानुपर्ने र विशेषगरी समाचार कक्षको विश्वसनीयतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा परिवर्तन ल्याउनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको छ र महत्वपूर्ण भूमिका हुनुपर्छ, राज्यले मिडियालाई नियन्त्रण होइन, लोकतान्त्रिक हिसाबले सहयोग गर्नुपर्छ, राज्यको सहयोग नभईकन मिडिया चल्न गाह्रो हुन्छ ।” सञ्चारसम्बन्धी कानुनका विज्ञ डा रामकृष्ण तिमिल्सेनाले भन्नुभयो, “वास्तवमा नेपालमा कति मिडिया हाउसको आवश्यकता हो, कति पत्रकार हुनुपर्ने हो, पत्रकारिता अध्ययन गर्ने कलेज कति हुनुपर्ने हो, त्यसबारेमा अहिलेसम्म पनि अध्ययन हुन सकेको छैन, अध्ययन हुन जरुरी छ ।” प्राडा कुन्दन अर्यालले नेपाली पत्रकारिताका विषयवस्तुका बारेमा सम्पादक बीचमा पनि छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले पत्रकारले लेखेका समाचार गुणस्तरीय र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले राससले सम्प्रेषण गर्ने समाचार सामग्रीमा अझै सुधार गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । पत्रकार रुचि श्रेष्ठले “आमसञ्चारमाध्यम र पत्रकारको सङ्ख्या बढी छ, तर पठनीय स्टोरी छैन, मिडियाको सङ्ख्या धेरै छ, तर कसरी चलेका छन् मिडिया भन्नेबारे अध्ययन भएको छैन”, भन्नुभयो । आमसञ्चारमाध्यमहरु आलोचनात्मक हुनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव ओम शर्माले नेपालमा साँच्चिकै जनताको पत्रकारिता हुन नसकेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको पक्षमा धेरै सवाल छन्, तर जनताको पक्षमा पत्रकारिता हुन सकेको छैन, मैले सञ्चालन गरेको रातोपाटी डट कमले पनि जनताको पक्षमा जम्मा २० प्रतिशत मात्रै पत्रकारिता गरिरहेको छ ।” पत्रकार कलेन्द्र सेजुवालले क्षमतावान् पत्रकार उत्पादनमा जोड दिनुभयो । पत्रकार केपी ढुङ्गानाले आमसञ्चारमाध्यममा गरिएको लगानी पारदर्शी हुनुपर्छ भन्नुभयो । अधिवक्ता रामकृष्ण निरालाले पत्रकारिता क्षेत्रलाई अझै व्यवस्थित बनाउन पत्रकार र सञ्चारमाध्यमले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रका निम्ति ‘सोसल मिडिया’ चुनौती बन्दै गएको सन्दर्भ उल्लेख गर्दै आमसञ्चारमाध्यमले आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो । एक दशकअघि स्थापना भएको केन्द्रले मिडियाको क्षेत्रमा अध्ययन, अनुसन्धान, अन्तरक्रिया र पैरवी गर्दै आएको छ ।रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology