ध्यान कुलुङ
सङ्खुवासभा, फागुन २६ गते । संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ । विहिबार विहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
सडकबाट बस करिव चार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते र मृत्यु हुनेको संख्या बारेमा जानकारी संकलन भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी लालध्जव सुवेदीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी पुगेर घाईतेहरुको उद्धार भईरहेको डिएस्पी सुवेदीले जानकारी दिनुभयो  घटनाको थप बिवरण आउने क्रममा छ ।

यो समाचार गोरखापत्र बाट साभार गरिएके हो