Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

व्यास नगरपालिकाको विविध निर्णय

व्यास नगरपालिकाले आगामी भदौ १ गतेदेखि सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनको फोटोकपीमा लाग्ने खर्च निःशुल्क गर्ने भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो ।व्यास नगरपालिका मातहतका चौध वटै वडामा उक्त सेवा निःशुल्क गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं व्यास– ६ का वडाध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टरसमेत प्रयोगमा ल्याई निःशुल्क सेवा दिने निर्णय गरिएको उहाँले बताउनुभयो । आव २०७९÷८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरिएकोे छ । नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको सयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय पनि गरिएको छ । साउन २४ गते मङ्गलबारका दिन विश्व आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। विश्व आदिवासी जनजाति दिवस साउन २४ गतेका दिन नगरपालिकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो । सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटवल प्रतियोगिता र अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका लागि सहयोग गरिने भएको छ । नगरपालिकाअन्तर्गतका मादी–सेती नदीबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खननसम्बन्धी प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरिएकोे छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आव २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरी बेरुजु फर्छर्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology