महा शिवरात्रीको दिन फागुन १४ गते देखि ३ वटा नेपाली चलचित्र प्रर्दशनमा आउने भएको छ ।
२०७२सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’ को सिक्कोयल ‘फेरि रेशम फिलिली’ ‘मायावी’ र ‘लाज शरणम्’ को भिडन्त हुने भएको छ ।
………………
‘फेरि रेशम फिलिली’ विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन भएको चलचित्रले राम्रो व्यापार गरेको थियो ।
दर्शकको अपेक्षा अनुसारको विषयवस्तु तयार गरेर नौ वर्षपछि ‘फेरि रेशम फिलिली’ को निर्माण गरिएको निर्माण पक्षको भनाइ छ ।
अहिलेको युवापुस्ता छाएको बैदेशिक रोजगारको मोह र त्यसले निम्त्याउने गम्भीर समस्यालाई देखाइएको बताइएको छ ।
चलचित्रमा अभिनेता तथा निर्माता विनय श्रेष्ठ सँगै सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठीलगायतको अभिनय रहेको छ ।
रौनकविक्रम कँडेलले निर्माण निरोज महर्जनको पटकथा र निर्देशन रहेको चलचित्रमा देखिएका दुई पात्र रेशम र हरियाले विदेशिने मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ ।
………………………………
‘मायावी’ अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति सार्दा सार्दै फागुन १४ गते महाशिवरात्रि मा प्रदर्शन गर्न लागेको जानकारी गराइएको हो ।
गएको कात्तिक १५ बाट पोस्टपोन्ड भएर पुस २६ मा प्रर्दशनको तयारी गरेतापनि बिभिन्न कारण सहित सरेको हो ।
प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई फिल्मले मुख्य कथावस्तु बनाएइएको निर्माण पक्षको भनाई छ ।
प्रेम पाउनेको भन्दा त्याग्नेको कथा नै मजबुत हुने र पीडा पाएर पनि खुसी हुने पात्रको कथामा बनेको मायावी मायाको प्रतीक भएको बताइएको हो ।
फागुनको १४ गते महाशिवरात्रिको अवसर पारेर रिलिजमा आउँदै छ । दर्शकले फरक स्वादमा प्रेमकथा फिल्ममा हेर्न पाउने निर्माण पक्षको दावी छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, नव(नायक समिम खान, राजाराम पौडेल, लक्ष्मी गिरी, रवि डंगोल लगायतको अभिनय रहेको छ ।
…………………………….
अब कुरा गरौं चलचित्र ‘लाज शरणम्’को ।

फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको भन्दै व्यापक चर्चामा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि तरंगै छायो ।
फिल्मको पोस्टर सार्वजनिक भएसँगै कलाकार सिताराम कट्टेल धुर्मुस को गेटअप पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसँग मिलेको चर्चा भएपछि सम्पुर्ण गेटअप मिलेको भन्दै पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा गएको मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
चलचित्रको सम्पुर्ण प्रचार प्रसार रोक्ने आदेश आएपछि कानुनी प्रक्रियामा निर्माण पक्ष निकै भौतारिए ।
सोहीक्रममा केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गर्दै प्रदर्शन अनुमति दिएको छ ।
बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गदै समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएपछि फागुन १४ मा रिलिजका लागि बाटो खुलेको हो ।
कुमार कट्टेल निर्देशित फिल्म शिवरात्री अवसरमा फागुन १४ मा प्रदर्शन हुने पक्का भएको हो ।
कुमार कट्टेल जिग्री को निर्देशनमा तयार भएको ‘लाज शरणम्’मा धुर्मुस संगै कलाकारहरु विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।
नेपाली चलचित्र प्रर्दशनको यो भिडन्तमा कसले मार्ला बाजी ?























प्रतिक्रिया दिनुहोस्