हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्ला घर भई हाल हेटौंडा–४ बस्ने २१ वर्षीय विकेश कुश्वार माझी र सर्लाही बागमती नगरपालिकाका घर भइ हाल हेटौंडा–४ का वसोवास गर्ने १९ वर्षीय सोहन खत्री रहेका छन् ।
बिहीबार ६ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०,स्थित प्रहरीचौकी वसर्पाबाछ खटिएको प्रहरी टोलीले सडक पेटीमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा खानतलासी गर्ने क्रममा निजहरुको साथबाट लागूऔषध २२ क्याप्सुल ट्रामाडोल र ४८ ग्राम ३३० मिलि ग्राम गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
लागूऔषधसहित दुबैजनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्धामा ५ दिनको म्याद अनुमति लिइ हिरासदमै राखेर अनुसन्धान तथा कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी श्यामु अर्यालले बताएका छन् ।
पछिल्लो समयमा लागूऔषधको तस्कर गर्ने प्रविधि बढिरहेको छ । विभिन्न स्थानबाट लागूऔषधको ओसारपसार गरिरहेको अवस्थामा मकवानपुर प्रहरी विभिन्न ठाउँका प्रतिवादीहरुलाई पक्राउ गरेको सामाजिक संजालमा प्रकाशन भइरहेको छ । मकवानपुर प्रहरीले करिब ३ दिनको अवधीमा लागूऔषधको ओसारपसार गरेको आरोपमा विभिन्न मानिसहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले बरामद गरेको लागूऔषध गाँजा र ट्रामाडोल ।





















प्रतिक्रिया दिनुहोस्