हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अञ्दाजी ४ बजेर ३० मिनेटको समयमा हेटौंडा–१३,स्थित प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले २० क्याबसुल लागूऔषध ट्रामाडोल र ११ एम्पुल डाईजेपाम सहित हेटौंडा–१३ कै २५ वर्षीय राहुल राना मगरलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा लागूऔषध लिएर बसिरहेको छ भन्ने खबर प्राप्त हुनसाथ रितपुर्वक राहुन राना मगरको खानतलासी गर्दा निजको साथबाट लागूऔषध फेला पारेको थियो । लागूऔषधसहित निजलाई फेला पारेर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी