रोशन दिप – राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापाले मंगलबार बिहान हेटौडा १० स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सङ्गै राप्ती तटमा निर्मित नेपालकै सबैभन्दा अग्लो ५२ फिट उचाइ भएको हनुमानको मुर्ति तथा योगी नरहरिनाथको यज्ञ स्थलको दर्शन गरेका छन्।

थापाले मन्तव्य मार्फत पछिल्लो समय नेपालमा सनातन धर्मावलम्बीहरुको आस्था र बिश्वास माथी आहत पुर्याउने गतिविधिहरु दिनानुदिन बढ्दै गैरहेको अवस्थामा धर्म संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गर्ने समस्त सनातनी एकजुट हुनु बाहेक अन्य विकल्प नरहेको कुरा राख्दै हनुमान सेवा समितिको आजिवन सदस्यता समेत लिएका छन्।

उनले हनुमानको दर्शन, हनुमान चालिसा श्रवण तथा आजिवन सदस्यता प्राप्त गर्न सहयोग पुर्याउने हेटौडाको विभिन्न संघसंस्थामा आवद्ध समाजसेवी, हनुमान सेवा समितिका महासचिव महेन्द्र इटानी, तरकारी तथा फलफूल ब्यावसायी संघ हेटौडाका अध्यक्ष कृष्ण हुमागाई लगाएत उपस्थित सम्पुर्णमा कृतज्ञता समेत व्यक्त गरेका छन् ।