राप्ती नदीमा डुबेर बाँकेका दुई जनाको मृत्यु भएको छ। बयर टिप्न राप्तीको टापुमा पुगेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर (डाँडा टेपरी) निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको मृत्यु भएको हो। बयर टिप्न भनी शनिबार घरबाट निस्केका उनीहरु राप्तीमा डुबेर बेपत्ता भएका थिए। दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए।

अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक यमबहादुर बस्नेतले बेपत्ता भएका दुवै जनाको शव भेटिएको जानकारी दिए। शव पोष्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको उनले बताए। प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए। ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएपनि दुई जना वेपत्ता भएका थिए।

नागरिक न्युजबाट साभारछ ।