जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ।

सर्लाहीको बरहथवा नगरपालिका नम्बर ३ स्थित मुर्तियाका ३८ वर्षीय दुर्गा बहादुर स्याङतानलाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसारशुक्रबार राति हेटौंडा१०स्थित टिसिएन रोड बस्ने अशोक कुमार सिंहले आफ्नै घर अगाडि पार्किङ गरी राखेको बा. प्र. ०३-००१ प ३४५९ नम्बरको मोटरसाइकल चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

सोही पछि मोटरसाइकल खोजी गर्ने क्रममा हेटौंडा १५, रातोमाटे चेकपोष्टमा शनिबार राति ८ बजे सुरक्षाजाँचकै समयमा मोटरसाइकल सहित स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका स्याङ्तानलाई थप कारबाही तथा अनुसन्धान अनुसन्धान भइरहेको छ ।