। मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनको कार्यशैली र व्यवहारलाई लिएर थासाङ विकास तथा संरक्षण मञ्च र काठमाडौं–थासाङ सरोकार मञ्च आन्दोलनमा उत्रिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङ’दयगत कृतिम विवाद खडा गर्न बन्द गरेर कोवाङलाई नै केन्द्रका रूपमा स्वीकार गराउन र चालू आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्म प्रशासनिक भवन निर्माणका प्रारम्भिक कार्य सम्पन्न गराउन आवश्यक बजेट विनियोजनको मागसहित यी दुई संस्था आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले थासाङ गाउँपालिकाको केन्द्र कोवाङ तोकिएको’दयगत २०७३ साल फागुन महिनामै राजपत्रमा सूचना प्रकाशित गरेको थियो । यस्तै, स्थानीय तह निर्वाचन भएको ६ महिनाभित्र अर्थात् २०७४ कात्तिक मसान्तभित्र एकपटकका लागि गाउँसभा बैठकको सामान्य बहुमतबाट नै केन्द्र सार्न सकिने सुविधा पनि सरकारले दिएको थियो । तर, त्यसबेला केन्द्र लेते सार्ने निर्णय अल्पमतको भएकाले कानुनसम्मत नभएको भन्दै संघीय मामिला मन्त्रालयले अस्वीकृत गर्दै सो गाउँपालिकालाई जानकारीसमेत गराएको थियो ।

गाउँपालिकाको केन्द्र लेते सार्ने अल्पमतको र अवैधानिक निर्णय संघीय मामिला मन्त्रालयले अस्वीकार गरेको पत्र लुकाएर अध्यक्ष बुद्धिप्रसादले केन्द्रको नाममा राजनीति गरेको थासाङवासीको आरोप छ ।

त्यसो त अध्यक्ष बुद्धिप्रसादको अगुवाइमा कोवाङलाई केन्द्रका रूपमा काम गर्न रोक्का गरी पाउन सर्वोच्च अदालतमा रिटसमेत दायर गरिएको थियो । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्यसपछि केन्द्र निर्धारणको विषय नयाँ शिराबाट हुनुपर्ने भन्दै कोवाङ केन्द्रप्रति उनी असहिष्णु बन्दै आएका छन् ।

हुन पनि मुस्ताङका पाँचवटा गाउँपालिकामध्ये चारवटामा प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुन लागिसकेको छ ।

तर, थासाङ गाउँपालिकाको केन्द्र कोवाङमा भने प्रशासकीय भवन निर्माणका प्रारम्भिक काम पनि सुरु हुन दिइएन । यस्तो हुनुमा विधि प्रक्रिया, नियम कानुनबमोजिम स्थापित कोवाङ केन्द्रविरुद्ध भइरहेको केन्द्र लेपे सार्ने बृहत् षड्यन्त्रअन्तर्गत अध्यक्ष बुद्धिप्रसाद मतियारका रूपमा काम गरेको परिणाम हो ।

केन्द्रलाई प्रपञ्चअन्तर्गत ‘विवादित’ बनाइरहँदा आधारभूत पूर्वाधार निर्माण कार्यहरू हुन नसकेको, जनताको घरदैलोमा सेवासुविधा पु¥याउन कठिनाइ परेको, सामाजिक–आर्थिक विकासका कामले गति लिन नसकेको, सामाजिक जीवन अनावश्यक रूपमा विवादमा तानिएको आन्दोलित पक्षको भनाइ छ ।

त्यसो त गाउँपालिका कार्यालय भवन निर्माणका लागि स्थानीय जनताले निःशुल्क रूपमा जग्गासमेत उपलब्ध गराएका छन् । तर, गाउँपालिकाले निःशुल्क प्राप्त गरेको जग्गामा एक वर्ष पुगिसक्दा पनि बार–बन्धन, भूमि व्वस्थापन गर्न आनाकानी हुँदै आएको छ । यसबाट कार्यालय भवन बनाउन प्रदेश र संघीय सरकारकाबाट प्राप्त हुने तीन आर्थिक वर्षका अनुदान त्यसै खेर गएको छ । यसले जग्गादातालाई नै अपमानित गर्ने काम भएको आन्दोलित पक्षको ठहर रहेको छ ।

अध्यक्ष बुद्धिप्रसादविरुद्ध शसक्त आन्दोलन गर्नुपर्ने कारणसहित पर्चासमेत आन्दोलित पक्षले वितरण गरिरहेको छ । जसमा चुनावताका नेपाल सरकारले तोकेको केन्द्र कोवाङ’दयगत अन्यथा नगर्ने प्रतिबद्धताप्रति बेइमानी गरेको बुँदालाई पहिलो नम्बरमा राखिएको छ । त्यस्तै, २७ फागुन २०७३ मा नेपाल सरकारको निर्णयबमोजिम केन्द्र कोवाङ तोकिएको’दयगत राजपत्रमा सूचना प्रकाशित भएपछि लेतेमा तीन दिन बन्द गर्न अगुवाइ गरेको, स्थानीय सरकार सञ्चालन ऐनबमोजिम केन्द्र सार्न चाहनेले अपनाउनुपर्ने नियम, विधि, प्रक्रिया मिचेर जालझेल, तिकडमबाजी, जनप्रतिनिधिलाई प्रलोभनमा पार्ने, बन्धक बनाएर प्रभाव पार्ने काम गरेको उनीमाथि अर्को आरोप लगाइएको छ ।

निहित क्षुद्र स्वार्थ पूर्ति गर्ने उद्देश्यले थासाङको ऐतिहासिक, सामाजिक, सांस्कृतिक विरासत बोकेको कोवाङको महत्वलाई बुझ्ने विवेक गुमाएको आरोप पनि उनीमाथि लागेको छ । थासाङवासीप्रति उत्तरदायी, जवाफदेही नभएको, संघियताविरोधी भएको, सेवक नभएर शासकीय दम्भ प्रदर्शन गरेको, थावाङवासीको उज्ज्वल भविष्यप्रति बज्रपात गरेको आरोप पनि उनीमाथि लगाइएको छ ।

गाउँपालिकाको केन्द्र कोवाङलाई लिएर लेतेवासीसमेत रहेका स्थानीय राजनीतिक हस्ती रोमी गौचन थकालीले दोहोरो चरित्र अपनाएको पनि कोवाङवासीको भनाइ छ । जिल्ला विकास समितिको सिफारिसमा लेतेलाई केन्द्र बनाउने किर्ते कार्य गर्नेदेखि लिएर केन्द्र लेते सार्न कानुनसम्मत अभ्यासमा असफल भएपछि पनि जाली प्रकृतिको मुद्दा दर्ता गराउने कार्यसम्म रोमी गौचन थकाली जिम्मेवार रहेको उनीहरूको बुझाइ रहेको छ ।

यो समाचार राजधानिबाट साभार गरिएके हो