Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

महासङ्घको समन्वयमा एक सय ६३ पत्रकारले बनाए राष्ट्रिय परिचयपत्र

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज जिल्लामा क्रियाशील एक सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जानकारी दिनुभयो । कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको न्यौपानेले बताउनुभयो । “जिल्लामा आबद्ध पत्रकार कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घन्टौँ लाइनमा बस्न सम्भव थिएन”, न्यौपानेले भन्नुभयो, “राज्यको अभियानमा पत्रकार सहभागी भएर आम नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन उत्प्रेरित गर्ने योजनाले महासङ्घले समन्वय गरेको हो ।” सरकारको अभियानमा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र ब्यस्ततालाई हेक्का राखेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताउनुभयो । “सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि ललितपुरका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ”, प्रजिअ उपाध्यायले भन्नुभयो, “यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासङ्घको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो ।” राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय एकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको बताउनुभयो । “सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ”, राउतले भन्नुभयो, “समयमै राष्ट्रिय परिचयपत्र बनाए सहज हुनेछ ।” अन्य बेलामा प्रशासनमा भीडभाड बढी हुने भएकाले सार्वजनिक बिदाका दिन सेवा दिएको उहाँले बताउनुभयो । “सरकारको राष्ट्रिय अभियान सफल पार्न र जनताको सेवा जुनसुकै बेला गर्न हामी तयार छौँ”, राउतले थप्नुभयो । शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइएको थियो । सार्वजनिक बिदाका दिन भएकाले पत्रकार महासङ्घसँग सहकार्य गर्न सहज भएको राष्ट्रिय परिचयपत्र एकाइका व्यवस्थापन कक्षका सुपरभाइजर साजन न्यौपानेले बताउनुभयो । “पासपोर्ट बनाउनका लागि मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने जस्तो भयो र अरु दिन निकै भीड भयो”, न्यौपानेले भन्नुभयो, “खासमा राज्यले सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरेको छ । हामीले सार्वजनिक बिदाका दिन पनि सेवा दिएर भीड कम गराउन खोजेका हौँ ।” ललितपुर महानगरका १ देखि १४, १६, १७, १९ र २० नं वडामा वडास्तरीय अभियान चलिराखेको र बाँकी ११ वटा वडामा पनि यही साउन मसान्तभित्रमा अभियान सञ्चालन गरिने राउतले बताउनुभयो । ललितपुर जिल्लाको महानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology