मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले दिवस मनाएर मात्र होइन सावधानी तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।
भइपरि आउने प्रकोपलाई रोक्न नसकेपनि त्यबाट हुने क्षतिबाट बच्नकालागि साबधार्न अपनाउनु आश्यक रहेको बताएका हुन् ।
बिभिन्न व्यक्तीहरुले आफु बस्ने निजि घरहरु निमार्ण गर्दा बिज्ञहरुको निर्देशन अनुसार मापदण्ड पुरा गरि निमार्ण गर्नुपने बताए ।
आफुुले सिकेर अरुलाईपनि सिकाउने अभियान चलाएर अघि बढेमा क्षतिहुनबाट रोक्न सकिने बताएका हुन् ।
यही माघ २ गते २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस बिभिन्नकार्यक्रम गरी मनाइँदै छ।
वि.सं. १९९० माघ २ गते भूकम्प गएको स्मरण गर्दै २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो भने आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए ।
दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएको थियो, तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको अवस्था छैन ।














प्रतिक्रिया दिनुहोस्