भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो।
दुई देशबीचमा आर्थिक तथा संस्कृतिक सम्बन्ध र सहकार्य बृद्धि गर्न भेटवार्ता उपलब्धीमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक ट्वीटर हेण्डलमा देखिएको छ, ‘प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवार्ता दुई देशको मित्रता बढाउन फलदायी भएको छ।’
यूक्रेनमाथी रूसले आक्रमण गरेपछि पहिलो पटक भएको उनीहरुको भेटवार्ताका क्रममा यूक्रेन सङ्कटको बारेमा समेत कुराकानी भएको अनुमान गरिएपनि यस बारेमा केही बताइएको छैन। पश्चिमी देशले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशले यसमाथि नजिकबाट नजर राखिरहेका बेला किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्वका साथ रूपमा हेरिएको छ।
आफ्नो दुईदिने भारत बसाइका क्रममा जापानका प्रधानमन्त्री किशिडा १४औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनुहनेछ। शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो साझेदारीलाई अगाडि बढाउन पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्