Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

बेनी–जोमसोम–कोरला सडकमा करिब रु छ अर्ब खर्च

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च भएको हो । विसं २०७२ मा भएको नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरेको थियो । रु सात अर्ब ५५ करोड कूल लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । “सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ,” उहाँले भन्नुभयो “सडकतर्फ रु ६ अर्ब ३१ करोड र पुलतर्फ रु एक अर्ब २४ करोड बजेट खर्च भई कामसमेत भइरहेका छन् ।” सरकारले आर्थिक वर्ष २०७९÷८० मा यस आयोजनालाई रु एक अर्ब ३८ करोड ७६ लाख विनियोजन गरेको छ । थपिएका मालढुङ्गा–बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्र गर्ने योजना गत वर्षदेखि सुरु भएको हो । यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएकामा सो सडक पनि अहिले कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । जोमसोम कोरला ११० किमी सडकको सातमध्ये छवटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । साथै चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत छ । उक्त सडक चालु आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । योसँगै जोमसोम कोरला सतवटै खण्डको ग्राभेल सकिने भएको छ । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ । उक्त सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न रु दुई अर्ब ६५ करोडमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किमी अस्फाल्ट कालोपत्र विस्तार गर्न आर्थिक वर्ष २०७८÷७९ मा रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले १० महिनामा तीन प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म १३ किमी सडक स्तरोन्नतिसहित अक्फाल्ट कालोपत्र गर्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । अहिले मालढुङ्गा बेनी १३ किमी सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ । कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ । जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको र बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा छन् । कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । मुस्ताङ खण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल निर्माण भएको आयोजनाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology