नेपाली गकयक प्रकाश सपुतले ल्यायको नयाँ गीत ‘पीर’ सार्वजनिक भए लगत्तै विवादमा आएको छ ।

रिलिज भएको २४ घण्टा पनि नबित्दै सो गित विवादमा परेको ट भने उत्तिकै विवादमा परेको हो ।
जनयुद्धको कथामा आधिारित रहेको र सहभागी जनमुक्ति सेनाको दुःख समेटेर बनाइएका १६ मिनेट २५ सेकेण्डको गीत यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ५ मा परेपनि विाद चुलिएको छ ।
गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट चर्को आलोचना भइरहेको छ ।

नेकपा माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन भन्दै सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिएकी छिन् ।

केहीले एकतर्फी कथा भयो भन्दै भन्दै गायक सपुतको गितको विरोध गरेका छन् ।

माओवादी सशस्त्र द्वन्द्वपछि पद र पावर हुनेको पहुँच तर, सोझासाझाले भने सास्ती खेप्नु परेको राम्रो कथा उठाएको भनेर प्रशंसा गर्नेहरुपनि छन् ।

माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछिको स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको निमार्ण पक्षको रहेको छ ।
एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुको एक जोडी देशमा काम गर्न नसकेर विदेशिएर विदेशमा बन्धक बनेको कथामा आधारित भिडियोमा सपुतसँगै नायिका सुरक्षा पन्तको पनि अभिनय छ ।

आरन प्रोडक्सनको उत्पादन प्रकाश सपुतको शब्द र संगीत रहेको छभने गीतमा प्रकाश सपुतसंगै सम्झना भण्डारीको पनि स्वररहेको छ।
कथा र निर्देशन पनि गायक प्रकाश सपुत कै रहेको छ ।

 

महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुकाे जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताकाे ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताकाे ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि हाेेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएकाे भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलाेड गरिएको पिर नामक भिडियाे आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेकाे राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागीता सुनिश्चित भएकाे कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हाे । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयाे ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएकाे तपाईंको पिर नामक भिडियाे सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।।

……………….

Ram Prasad Sapkota Deepshikha


जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून् ! ‘पिर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ । उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव, निराश अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गितहरूमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !

यसै विच लेख्छन् ।।

Prakash Saput को नाममा !
म तपाईंको कला र क्षमताको उच्च सम्मान गर्ने व्यक्ती हु ।
तपाईं एउटा राम्रो कलाकार मात्रै होईन । राष्ट्रको गहना पनि हो ।
केही दिन अघिको तपाईंको स्टाटास देखेर यत्ती लेख्न मन लाग्यो ।
ती लडाकु महिला पनि कसैको आमा हुन, कसैको श्रीमती हुन र कसैको छोरी हुन ।
आमूल परिवर्तनका निम्ति लडेका एक “वीर महिला” को योगदानलाई यसरी अपमान गर्न मिल्छ ?
भिडियोमा थोरै टुईस्ट छ । जस्को कारण तपाईंको कला माथी संका हुनु स्वभाविक ठान्दछु ।
….बिदेश गएकी श्रीमती बेखबर भएको चिन्ताको समयमा कोहि पनि अर्कि खोज्दै हिड्दैनन ।
तपाईंको कथा सङ्ग कहिकतै नमिल्दो प्रसङ्ग यत्ती कुरा मात्रै हो ।
बाकी कुरामा सहमत हुन सकिएला तर न गितले न कथाले …..कहिकतै नमागेको बिषयलाई जोड्नु प्रायोजित नै हो कि ? म त भन्छु । तपाईंको भिडियोमा त्यत्ती ४ सेकेन्डको भिडियो आवश्यक नै थिएन ।
तपाईं सङ्ग सामान्य चिनजान र तपाईंको शुभ चिन्तक भएको नाताले भन्छु : त्यत्ती सच्चाउनुस । चित्त दुखाउने आम महिला दिदिबहिनी सङ्ग माफी माग्नुस ।
त्यसपछि त कम्रेडहरु पनि सच्चिनुपर्ला नि ?

# जनयुद्धकै कारण महिलाले स्वतन्त्रता ,न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईलाई बुझाईरहन पर्ने हो?
# सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव ,निराश अनि गरिव महिलाहरुले देह व्यापार नै गर्छ्न् हो? सायद ती महिलाहरुले नलडेको भए सपुतहरुले स्वतन्त्र गितमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे ।
प्रकाश सपुतले बोध गर्नुपर्थ्यो कि माओवादी जनयुध्द अघिसम्म अन्य बिभेदलाई छाडेर बलत्कार जस्ता जघन्य अपराध समेत जातिय वा बर्गिय आधारमा ठुलाबडाका लागि अधिकार थियो र सानाका लागि बाध्यकारी स्वीकार ! यसप्रकारका पासविक उत्पीडनको मारमा सबैभन्दा धेरै दलित समुदाय थियो । त्यही दलित (बिश्वकर्मा) समुदायबाट हुर्केको एक कलाकार हुन सपुत । सबैखाले उत्पीडनका बिरुध्द समानता, स्वतन्त्रता र आत्मसम्मानको लडाईमा ज्यानको बाजी लगाएर लड्ने माओवादी योध्दा हुन् । शान्तिपूर्ण मोर्चामा पार्टीलाई अब्बल साबित गर्न केही तौर-तरिका नपुगेका कारण कतिपय योध्दाहरुको सम्मान एवं व्यवस्थापन हुन नसकेको सत्य हो । तर कमजोरी समातेर सपुतले जसरी माओवादी योध्दाहरुलाई तल्लो स्तरको अपमान गर्नेगरी ब्यापार र ट्रोलको परिकल्पना गरे यसले उनको चेतनाको घृणित स्तरलाई उजागार गरेको छ । आम परिवर्तनकारी योध्दामाथी जे सार्वजनिक अपमान गर्ने आपत्तिजनक दुस्प्रयास गरेका छन् यसको मूल्य चुक्ता गर्न सपुतलाई निकै कठिन हुनेछ …..
तिमीले स्वतन्त्र रूपमा गाउन पाएको उहाँ जस्तै हजारौं नारीले गर्दा हो।महासय।।👇️👇️👇️
……………..
…………………………………………………….

Chhabilal Subedi

https://www.facebook.com/100041413512627/videos/2107507089421095/

गायक तथा सर्जक Prakash Saput ज्यु को काल्पनिक गित ‘पिर’ ले मुटु विहिन क्रान्तिकारीहरुको जरा हल्लिएर ढल्न लागेको रुख झैं भई रहेको परिपेक्षमा सम्झिदै कस्तो क्रान्तिकारी रहेछन् भनेर एक्लै नै मुर्छित छु । तितो यथार्थलाई स्विकार्न नसकेर कथित क्रान्तिकारीहरुले यथार्थ चित्रणमा आधारित गित ‘पिर’ लाई तुरुन्तै हटाउनको निमित्त उर्दि जारी गरेछन् । ती दिनमा बन्दुक देखाएर पैसा माग्ने , अनेकौं क्रियाकलाप गर्ने झझल्कोले धम्क्याएका होलान् तर यस्ता धम्क्याईले अहिलेको परिपेक्षमा सानो रौं समेत हल्लिनेवाला छैन छैन । आजभन्दा २ बर्ष पहिला Herne Katha मा Bidhya Chapagain दिदिले हेटौंडामा पुर्व माओवादीले गरेको संघर्ष र पाएका दु:खहरु काल्पनिक नभै यथार्थ नै प्रस्तुत गर्नु भएको थियो। ती बेला यी कथित क्रान्तिकारीहरुले किन यस्तो कुरा देखेनन्? कि क्रान्तिकारीहरु काल्पनिकमा मात्र विश्वास गर्ने अनि वास्तविकलाई वास्ता नै नगर्ने हुन् नी? यो तलको भिडियो त एक जनाको मात्र थोरै पीडा समेटिएको छ तर यस्ता कयौं छन् जहाँ झुठा आश्वासन देखाएर मर्नु न बाँच्नु बनाएका थिए। पहुँच हुनेहरु सँगै युद्ध लडेका महलमा छन् अन्य चाहिँ रोडैमा बस्नुपर्ने नै जनयुद्धको मुल उदेश्य थियो त क्रान्तिकारी हो?यो भिडियो हेर्दै जवाफ दिने कि यसलाई नी प्रतिबन्ध लगाउने हो? कपडा लगाए नी नाङ्गिएउ! #हैट
पूरा भिडियो : https://youtu.be/5H3_cLwpZqU