Rato Samachar
Mon, 22 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अर्थ-विजनेस बागमती प्रदेश समाचार समाज स्थानीय

परिवारको साथमा गाउँमै काम गरेर प्रशस्त पैसा र आत्मसन्तुष्टि

बागमती, ६ साउन ९रासस०ः केही बढी कमाइका लागि ‘सुन’ फल्ने गाउँ र आफ्नो मातृभूमिसमेत छाडेर हिँडनेलाई परिवारसँगै गाउँमै बसेर काम गरे प्रशस्त पैसा र आत्मसन्तुष्टि कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मकवानपुरका एक युवा ।‘वन मेन आर्मी’ चलचित्रमा एकै पात्रले धेरै समस्याको समाधान निकाल्ने तथा थुप्रै खलपात्रलाई परास्त गर्नसक्ने नायक जस्तै यथार्थताको धर्तीको माटोमा खेल्ने र माटोमै रमाउने कृषि नायक हुनुहुन्छ मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–५ छबेलीका ३६ वर्षीय दीपक पुडासैनी ।
कृषि उद्यमी, कुखुरापालक, बङ्गुरपालक, हरितगृह मिस्त्री, कम्प्युटर प्रशिक्षक, कम्प्युटर मेकानिक, पावर टिलर चालक, पावर टिलर मेकानिक, कृषि प्रशिक्षकजस्ता धेरै काममा दक्ष मात्र होइन, ती सबै कामलाई पेसाका रूपमा उहाँले अँगाल्नुभएको छ । पुडासैनीको मासु पसल पनि छ । त्यहाँ उहाँ आफैले उत्पादन गरेको कुखुरा काटेर बेचिन्छ ।

पुडासैनीसँग प्रशस्त जग्गा, जमिन छैन तर पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझै उहाँको कृषिमा क्रान्ति गर्ने रहरलाई जग्गा अभावले रोकेन । आफ्नो तीन रोपनी र थप १५ रोपनी जमिन भाडामा लिएर पुडासैनीले मौसमअनुसारका तरकारी उत्पादन गरी वार्षिक रु २५ लाखसम्मको कारोबार गर्नुहुन्छ । आम्दानीमध्ये खर्च कटाएर मासिक रु ६० देखि ७० हजारसम्मको बचत हुने बताउँदै उहाँ मौसम, बजार र अन्य केही कुराले साथ दिए त्यो आम्दानी बढ्न पनि सक्ने उल्लेख गर्नुहुन्छ ।

“समय र मौसमको ख्याल गर्न चुक्यो भने घाटा पनि बेहोर्नुपर्ने रहेछ । बजारमा कुन महिना के तरकारी निकाल्दा भाउ पाउन सकिन्छ भन्ने अनुमान भएन भने उत्पादनले मूल्य नपाउन सक्छ”, उहाँ भन्नुहुन्छ, पुडासैनीका सफा टनेलभित्रका सप्रिएका बिरुवा अनि लटरम्म फलेका तरकारी र पाकेका गोलभेँडाले समृद्ध नेपालको मूल आधार कृषि नै हो भनेझैँ गरी लोभ्याएका छन् । अनि त्यहाँ खनजोत र गोडमेल गरिरहनुभएका उहाँलाई देखेपछि लाग्छ कृषिजति सम्मानित अरु पेसा नै छैन ।

पुडासैनीकी श्रीमती दीपिका पनि टनेल खेतीबाट सन्तुष्ट हुनुहुन्छ । छ–सात वर्षदेखि नै आफूहरूले तरकारी खेती गर्दै आइरहेको भए पनि टनेलमा रोग कम लाग्ने पानी, हावाहुरी तथा सामान्य असिनाबाट समेत जोगाउन सकिने र तापक्रम व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । गोडमेल गर्न, मलखाद हाल्न, चिस्यानको व्यवस्थापन गर्न, उत्पादन टिप्नलगायत धेरै काम गर्न सजिलो हुनाका साथै बीउबिजन मललगायतको आँकलन गर्न पनि सजिलो भएको अनुभव दीपिकासँग छ ।

पत्रकारितामा स्नातक गर्नुभएका तथा कम्युटरको प्रशिक्षक प्रशिक्षण गरी कम्प्युटर शिक्षालय सञ्चालन गर्नुभएका पुडासैनीले जीवनमा नगरेका काम थोरै मात्रै बाँकी होलान् तर उहाँलाई आत्मसन्तुष्टिसँगै मनग्य आम्दानी दिने पेसा भने कृषि बन्न पुग्यो । थोरै कुखुरा पालेर सुरु भएको पुडासैनीको कृषिकर्म आज देशमा ‘केही छैन, केही गर्न सकिन्न र केही पनि हुन्न भन्ने जमातका लागि यो देशमा सबैथोक छ तर, जाँगर र लगन आवश्यक छ भन्ने’ गतिलो उदाहरण बन्न पुगेको छ ।

पुडासैनीले विभिन्न प्रकारका तरकारी तितेकरेला, काउली, बन्दा, गाँठेकोभी, गोलभेँडा, भेडे खुर्सानी, गाँजर, माछे खुर्सानी, काक्रोसँगै दैनिक सयौँ किलोग्राम च्याउ उत्पादन गर्नुहुन्छ । ब्रोइलर कुखुराको सङ्ख्या घटाएको कारण आफैँले खोलेको मासु पसलमा काटेर र एक–दुईवटा कुखुरा चाहिने स्थानीय ग्राहकलाई मात्र बेच्नुहुन्छ । यसो गर्दा मूल्य पनि बढी नै आउँछ । पुडासैनी कुनै पनि काम सानो हुन्न भन्ने मान्यता राख्नुहुन्छ । उहाँ हाते ट्र्याक्टर ९पावर टिलर० लिएर स्थानीयवासीका खेतबारी प्रतिघण्टा ज्याला लिने गरी जोतिदिने पनि गर्नुहुन्छ, कसैको हाते ट्र्याक्टर बिग्रिए बनाउने काम पनि गर्नुहुन्छ, निश्चित रकम लिएर हरितगृह ९टनेल० बनाइदिने तथा प्रशिक्षण दिने कामसमेत गर्नुहुन्छ । उहाँ कम्प्युटर प्रशिक्षक तथा मेकानिक्स पनि हो । समय मिलेसम्म पुडासैनी स्थानीयवासीका कम्प्युटर मर्मत गर्न पनि पुग्नुहुन्छ । भीमफेदीमा पहिलो कम्प्युटर प्रशिक्षण केन्द्र तथा साइबर उहाँकै थियो । जुन हाल पनि अलिअलि चल्दै छ ।

कृषि उत्पादनमा लागेर राम्रै आम्दानी गरिरहनु भए पनि केही थप व्यवस्था राज्यका तर्फबाट भइदिने हो भने अझै आम्दानी बढाउन सकिने पुडासैनी बताउनुहुन्छ । बजार अहिले पनि विचौलियाको कब्जामा रहेको, आफ्नो उत्पादनको मूल्य व्यपारीले नै तोक्ने गरेको, सुरक्षित भण्डारणका लागि शीतभण्डार अभाव रहेको आदि उहाँले झेल्नुभएका समस्या हुन् । मल, बीउ तथा अन्य कृषि सामग्रीको मूल्यको नियमन तथा नियन्त्रण गर्नुपर्ने, मल, बीउ आदि सहजरुपले उपलब्ध गराउनुपर्नेलगायत माग पुडासैनीले भेटे जति निकायमा राख्ने गर्नुभएको रहेछ तर सबैतिरबाट आश्वासन आए पनि कार्यान्वय भने सन्तोषजनक नभएको उहाँको गुनासो छ । अर्को महत्वपूर्ण कुराचाहिँ नेपालमा बालीनालीमा लाग्ने रोग तथा किराफट्याङ्ग्रा नियन्त्रणमा गहिरो अनुसन्धान हुन नसकेकामा आफूलाई दुःख लाग्ने गरेको पुडासैनी बताउनुहुन्छ ।

नेपालका रैथाने च्याउ अनुसन्धान गरेर त्यसको बीउ उत्पादन गर्ने र व्यावसायिक खेती गर्ने हो भने मनग्य आम्दानी गर्न सकिनेमा त्यसो हुन नसकेको पनि उहाँ बताउनुहुन्छ । “उहाँ मिहेनतको पर्याय हो, कामप्रति मरिहत्ते गर्ने बानीले पुडासैनीलाई सफल बनाउँदै छ”, भीमफेदी गाउँपालिकाका पूर्वउपाध्यक्ष पार्वती राना भन्नुहुन्छ । पुडासैनीको मिहेनतको कदर गर्दै आफ्नो कार्यकालमा गाउँपालिकाले कृषि प्रवद्र्धनमा सहयोग गरेको उहाँ उल्लेख गर्नुहुन्छ ।

कृषि व्यवसाय गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका पुडासैनीको कामप्रति उहाँका साथीभाइ पनि खुसी छन् । पुडासैनीसँग टनेलमा भेटिनुभएका स्थानीय बिसु सुनार आफू पुडासैनीको काम देखेर प्रभावित भएको बताउनुहुन्छ । उहाँले कृषिबाट मनग्य आम्दानी गरिरहनुभएको छ । “राम्ररी लाग्ने हो भने कृषिमा प्रचुर सम्भावना रहेछ भन्ने उदाहरण देखाउनुभएको छ”, सुनार भन्नुहुन्छ ।
–––रासस

फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology