बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालीकामा मत गणना जारी छ।
गठबन्धनबाट माओवादी केन्द्रको रेनु दाहाल अत्याधिक मतान्तरमा अग्रता कायम गरेर पपुलर बन्दै छिन् ।
महानगर हाँक्ने १,१०,४५४मत गणनाको नतिजाले जितको नजिक भएको संकेत देखिाएको छ ।
मत गणनाको नतिजा अनुसार  मेयरको उम्मेदवार रेनुले ४४,३०५ मत पाएकी छन् ।

प्रतिद्धन्दिमा एमाले तर्फको विजय सुवेदीले ३४,१७९ मत पाएका छन् ।  सुवेदी र रेनुको मतान्तर१०,१२६ रहेको छ ।
भुइकटहर चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३,५१५ मत पाएका छन् ।
मेयर पदको घमासानमा धेरै जसोको चासो बनेको भरतपुर महानगरमा रेनु झन झन पपुलर हुदैछिन् ।

त्यस्तैगरि उपमेमयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४५,४६८ मत पाएका छन् । राप्रपा तर्फको हिमला गुरुङ्गले २७०४६मत पाएकी छन्।  अधिकारी र गुरुङ्ग विच १८४२२ मतान्तर छ।

यसकै आधारमा आकलन गर्दा गठबन्धको जित पक्का देखिएको छ ।
महानगरले मेयर उपमेयर को पाउँने हो त्यो भने अन्तिम नतिजा कुर्नै पर्ने हुन्छ ।

 

.