Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘नयाँ जनप्रतिनिधि, पुरानै नीति’

 दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरुले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले पाँच पालिका जित्न सफल भएको छ भने माओवादीले तीन र एमालेले दुई पालिका जितेका छन् । यीमध्ये अहिले कांग्रेसले जितेका लमही नगरपालिकासहित बबई र दङ्गीशरण गाउँपालिकामा यसअघि एमालेले जितेको थियो । त्यस्तै अहिले माओवादी केन्द्रले जितेका गढवामा एमालेले र राप्ती गाउँपालिमा कांग्रेसले जितेको थियो । यी पाँचवटा स्थानीय तहमा यसअघि फरक पार्टीले सत्ता चलाएका थिए भने अहिले ती पालिकाका सत्ता चलाउने राजनीतिक दलहरु परिवर्तन भए पनि उनीहरुले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिँदैन । नयाँ जनप्रतिनिधिले चालु वर्ष २०७९÷८० का लागि ल्याएको पहिलो नीति तथा कार्यक्रमको सबैले चासोका साथ हेरेका छन् । दङ्गीशरण गाउँपालिकाका यसअघिका अध्यक्ष एमालेका भागीराम चौधरीले ‘एक वडा, एक ज्येष्ठ नागरिक विश्रामस्थल भवन निर्माण गर्ने, माछामा आत्मनिर्भर बनाउन मत्स्य विकास कार्यक्रम सञ्चालन गर्ने, उत्पादन लागत बढाउन कृषि यन्त्रको प्रयोग बढाउने कार्यक्रम ल्याउनुभएको थियो । गएको आर्थिक वर्ष २०७८÷७९ मा चौधरीले ल्याएको नीति तथा कार्यक्रमलाई अहिले कांग्रेसबाट निर्वाचित शम्भु गिरीले धेरै कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । ‘हाम्रो परिकल्पना, हाम्रो समृद्धि’ नारासहित ल्याएको कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम हुबहु नै छन् । समय छोटो भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । “हामी वैशाखमा निर्वाचित भयौँ, निर्वाचित भएलगत्तै नीति तथा कार्यक्रम बनाउनुपर्ने भयो, हतार हतारमा केही दोहोरिए होलान्”, गिरीले भन्नुभयोे, “सुत्केरीलाई आहारा दिने, छोरीलाई सम्मान गर्ने जस्ता केही नयाँ नीति पनि छन् ।” बबई गाउँपालिकाले ल्याएका नीतिहरु पनि अधिकांश पुरानै छन् । यसअघि एमालेले जितेको यस गाउँपालिकामा अहिले कांग्रेसका कुलबहादुर खत्री विजयी हुनुभएको छ । विगतमा जस्ता नीति थिए, अहिले पनि त्यस्तै नीति र कार्यक्रम आएका छन् । गाउँपालिकाले ‘हाम्रो उत्पादन, हाम्रो बजार, समृद्धिको आधार–सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार’ भन्ने नारा लिएर नीति ल्याएको छ । नीतिमा कृषिलाई प्राथमिकता दिइएको छ । अहिले ल्याइएको नीति कार्यक्रममा दिगो विकासका लागि कृषिमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गर्ने, शीत भण्डार निर्माण तथा प्रोत्साहनका कार्यक्रमका लागि बजेटको व्यवस्था गर्ने, बबई क्षेत्रको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको विकास गर्ने र गाउँपालिकाभित्र रहेका सहकारीसँग समन्वय गरेर रोजगारी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा र मावि तहसम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्ने, स्वास्थ्यको सुधारका लागि स्वस्थ्य आमा, स्वस्थ्य बच्चा नारासहित नवजात शिशु तथा मातृ मृत्युलाई कम गर्नका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ । ती अधिकांश कार्यक्रमहरु पहिले पनि रहेका थिए । पुराना कार्यक्रमहरु पनि केही राम्रा भएका तर काम नभएको अवस्थामा रहेको भन्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बताउनुभयो । “पुराना हटाउनुपर्ने कार्यक्रम हामीले हटायौँ, केही कार्यक्रमलाई समावेश गरेका छौँ”, उहाँले भन्नुभयो । राप्ती गाउँपालिकाले यसअघिकै जस्तो नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बालविकास शिक्षादेखि १० कक्षासम्मको शिक्षा निःशुल्क रुपमा प्रदान गर्ने नीति ल्याएको थियो । गत आव २०७८÷७९ मा राप्ती चक्रपथ राप्ती गाउँपालिकाको गौरवको बहुवर्षीय योजना भएकाले गाउँपालिकाको उत्तरतर्फ सिङ्गेदेखि भालुवाङसम्मको क्षेत्रलाई केन्द्रित गरी स्तरोन्नतिको कार्यक्रम सञ्चालन गरिने कुरा पनि उल्लेख थियो । त्यस्तै अग्र्यानिक खेतीमा जोड दिई बिस्तारै विषादीमुक्त क्षेत्र बनाइने कुरा पनि त्यतिबेलै नीति तथा कार्यक्रममा समावेश थियो । यसअघिको निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा अहिले माओवादी केन्द्रका प्रकाश विष्ट अध्यक्ष हुनुहुन्छ । “केही पुराना कार्यक्रम भए पनि, धेरै नयाँ कुरा ल्याएका छौँ”, अध्यक्ष विष्टले भन्नुभयो, “हामीले स–साना कुराबाट परिवर्तन गर्दै जाने र जनताले महसुस हुने गरी काम गर्ने नीति ल्याएका छौँ ।” कतिपय पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । यसअघि एमालेको स्थानीय सरकार रहेको लमहीमा अहिले कांग्रेसका जोगराज चौधरीले जित्दा पनि पुरानै नीतिले प्राथमिकता पाएका छन् । सरकारी विद्यालयमा कक्षा १ देखि १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, शिक्षामा सबैको पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गर्ने, लमही अस्पतालको स्तरवृद्धि गरेर सय शय्या पु¥याउने लगायतका कामर्यक्रम पुरानै हुन् । त्यस्तै सरसफाइको क्षेत्रमा आएको ‘मेरो फोहर मेरो जिम्मेवारी’ अभियान चलाउने, कार्य सम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारी, अनुशासनको दायरामा नबस्ने र सेवा प्रवाहमा लापरबाही गर्ने शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आचरणमा शून्य सहनशीलताको नीति अबलम्बन गर्ने, सेवाग्राहीको गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाइने, सूचनाको हक सुनिश्चित गर्न सूचना व्यवस्थापन सहज बनाइनेलगायत नीति पहिले नै आएका हुन् । उहाँले भन्नुभयो, “हामीले नयाँ ढङ्गले जाऔँ, नयाँ बृहत् कार्यक्रमहरु सञ्चालन गरौँ भनेर पनि छलफल ग¥यौँ तर समय पनि छोटो भएकाले धेरै नयाँ कार्यक्रम ल्याउन सकिएन ।” यसअघि एमालेले जितेको गढवा गाउँपालिकामा अहिले माओवादी केन्द्रका यमनारायण पोखरेलले जित्नुभएको छ । युवा नेताका रुपमा परिचित शर्माले ‘शिक्षा स्वास्थ्य, कृषि र रोजगार–समृद्ध गढवा गाउँपालिकाको आधार’ भन्ने नारासहित ल्याएको नीति तथा कार्यक्रममा पनि पुरानै कुरा समेटिएका छन् । गढवामा कृषि उपज हाटबजार सञ्चालन गर्ने, चक्लाबन्दी खेती प्रणालीलाई प्राथमिकता दिने, बर्थिङ सेन्टरमा भिडियो एक्स–रे सेवा उपलब्ध गराउनेजस्ता नयाँ कार्यक्रम आए पनि केही कार्यक्रम भने पुरानै छन् । ‘‘पुराना कार्यक्रमबाट पनि हामीले ‘रिफ्रेन्स’ लिनुपर्ने हुन्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो, ‘‘त्यही आधारमा केही पुराना कार्यक्रम पर्नु स्वाभाविक पनि हो तर धेरै नयाँ गर्ने प्रयास गरेका छौंँ ।’रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology