रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडामा विसं २०५३ सालमा जन्मिएका उज्वल पुडासैनी “डिजे काल भैरव”को नामबाट परिचित एक कुशल डिजे हुन् ।

सानै देखि अग्रेस्सिव संगितमा रुचि भएको कारण संगितलाई नै अलिक बोल्ड तरिकाले मिश्रण गरेर युवाहरु माझ प्रस्तुत गर्ने उनको चाहाना भएको कारण उनी डिजे बने ।

डिजे भनेको त्यसता व्यक्तिहरु जसले कुनै पनि इभेन्टको लागि लक्षित स्रोताहरुलाई मध्ये नजर गर्दै संगित सिर्जना गर्छन् । जसतै टर्न टेबल, मिक्सर, ग्राफिक इक्युलाइजर, टेप डेस्क साउण्ड पो्सेसर जसता केहि उपकरणको माध्यमबाट फरक फरक विधालाई मिलाएर गित सिर्जना गर्छन ।

डिजे काल भैरवको अनुसार एउटा कुशल डिजे बन्न चाहाना भएका व्यक्तिले लक्षित स्रोताहरुको माहोल र भावमा संगितलाई खडा गर्न सक्नु पर्ने हुन्छ ।

यो क्षेत्रमा लक्षित स्रोता शब्दको प्रयोग गर्नुको केहि कारण छ किनकी गाउँघरमा अर्कै प्रकारको डिजे बजाउनु पर्ने हुन्छ र सहरमा अर्कै। सामाजिक, धार्मिक र साँस्कृतिक कार्यक्रममा अर्कै । त्यसैले एउटा डिजेले लक्षित स्रोताहरुको ठाउँ र परिवेश अनुसार संगितलाई मिश्रण गर्न सिक्नु जरुरी छ ।

उनले डिजे बनेर काम गर्न थालेका ५ वर्ष भैसक्यो । एसएलसी उतिर्ण गरेपश्चात डिजे स्पार्क एकेडेमीबाट डिप्लोमा गरेर वर्षौको अनुभव, मेहेनत र कडा संघर्स पछि एउटा कुशल डिजे बन्न सफल भएको उनि बताउँछन् ।

उनि आध्यामिक बाटोमा पनि हिडीरहेका छन् । उनि आफुलाई भग्वान शिव र माता पार्वर्तीको भक्त भन्न एक्दमै रुचाउँछन् । अध्यात्मिक चिन्तन् र माताको भक्तिभावमा धेरै जसो समय डुबिरहने डिजे काल भैरव पिता रबी पुडासैनी र माता अपसरा पुडासैनीका जेठा छोरा हुन् र उनको अस्मिता पुडासैनि नामक एकजना प्यारी बहिनि पनि छिन् ।

उनि भन्छन् ,”मध्यम वर्गिय परीवारमा जन्मिएको कारण सुरुवातमा दुइचार पैसा कमाएर घरमा सहयोग गर्न हाउस वायरीङ देखि लिएर सोलार मेन्टेनेन्स लगाएत थुप्रै कामहरु गरे । तर जे काम गरेपनि आफ्नो जुन सपना छ कुशल डिजे बन्ने त्यसलाई कहिल्यै छोडिन। किनकी मलाई थाहा थियो डिस्क जकी पेशामा पनि सुनौलो भविष्य छ । त्यसकारण आज कमल क्षेत्री, सुगम पोखरेल जस्ता ठुला गायकारहरु र विजय लामा जसता अग्रज पाइलट तथा ठुला कलाकारहरु सँग उनिहरुको कार्यक्रममा डिजे गर्ने अवसर पाएँ” । “अवसर लागेको छ र यो भन्दानि अझ धेरै टाढा पुग्नु छ” ।