हेटौंडा । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी सेवा विस्तार गर्ने भएको । भोलि साउन १ गतेबाट लागू हुनेगरी जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी सेवा विस्तार गर्न लागेको जानकारी गराएको छ । इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय माडीको वडाहरुमा घटेका अपराध घटनाको दर्ता गरी अनुसन्धान तथा कारबाही गर्ने गरी अख्तियारी प्राप्त भएको सामाजिक सञ्जाल मार्फत प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरी कार्यालय चितवनले प्रहरी सेवा विस्तार गर्ने योजना अनुरुप अपराध अनुसन्धान तथा कारबाहीको पहुँचलाई विस्तार, सर्वसुलभ एवं विकेन्द्रित गरी जनताको घरदैलोमा प्रहरी सेवा पु¥याउने उद्देश्यल लिएको जनाएको छ ।

चितवनको मातहतको वडामा भएका तथा हुने अपराधको रोकथामलाई प्रभावकारी अनुसन्धान गर्ने प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय मुग्लिन गरी ४ स्थानबाट अपराध अनुसन्धान तथा कारवाहीको सेवा प्रदान गर्दै आएको प्रहरीले जनाएको छ । मिसन स्टेटमेन्ट भन्ने नारालाई आत्मसाथ गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुरोध अनुसार अपराध अनुसन्धान गर्ने अख्तियारी प्रदान गरिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी