हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत कराँतेको उपाधि बकैया गाउँपालिकाले जितेको छ । सोमबार हेटौँडा-४ स्थित बहुउद्देश्यीय कर्भडहलमा सम्पन्न भएको कराँते प्रतियोगिताको उपाधी ९ वटा स्वर्ण र १ रजत पदक प्राप्त गर्दै जितेको हो ।
बकैया गाउँपालिकाबाट प्रतियोगितामा सहभागी भएका भीमबहादुर स्पोर्ट कराते डोजोका खेलाडीहरुले प्रथम स्थान हासिल गरेका छन् । अब उनीहरुले आगामी जेठ महिनामा हुने प्रदेश स्तरीय राष्ट्रपति नशील प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उसु, तेक्वान्दो, कराते, भलिबल एथ्लेटिक्स लगायतका खेलहरु सञ्चालन भएको छ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय खेलाडीहरूले स्वर्ण रजत र काश्यपदक प्राप्त गर्नेछन् ।
























प्रतिक्रिया दिनुहोस्