जनताले विश्वास गरेकाे पार्टी नेकपा एमाले भएकाे नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सहईन्चार्ज कृष्णप्रसाद दाहालले बताउनु भयाे ।
बकैया गाउँपालिका कमिटीकाे बैठकमा सम्बाेधन गर्दै केन्द्रीय सदस्य दाहालले गठबन्धनकाे बीचबाट संघ र प्रदेशकाे निर्वाचनमा प्राप्त सिट र समानुपातिकमा पहिलाे पार्टी हुनुले जनताकाे विश्वासकाे पार्टी पुष्टि भएकाे दावी गर्नुभयाे ।
उनले सामाजिक, अार्थिक, साँस्कृतिक परिवर्तनकाे लागि अबकाे पार्टी कामकाे केन्द्रविन्दु बनाउन पर्ने उहाँकाे भनाई थियाे । बैठकमा पार्टी जिल्ला कमिटीका सचिव नवीन सिग्देलले गत निर्वाचनमा नेकपा एमालेकाे जनमत बलियाे रहेकाेले अबकाे अावश्यकता संगठन चुस्त र पद्वतीसंगत संगठन निर्माण र परिचालन गर्नुपर्ने बताउनुभयाे ।
उहाँले गाउँकाे विकास र जनताकाे समस्या समाधानकाे नेता एमाले बन्नुपर्ने बताउनुभयाे ।
गाउँपालिका कमिटीका अध्यक्ष गाेपाल दाहालकाे अध्यक्षतामा बसेकाे बैठकमा प्रदेश कमिटीका सदस्य पद्मा पाैडेल, जिल्ला सचिवालय सदस्य दलबहादुर वाईवा, जिल्ला लेखा समितिका अध्यक्ष शेखर थपलिया, जिल्ला सदस्यहरू बेलप्रसाद दाहाल, राजन दाहाल र निरमाया भाेम्जनकाे उपस्थिति रहेकाे थियाे ।














प्रतिक्रिया दिनुहोस्