नेपालमा अयस्रोत नभएपछि बाध्यताले बैदेशिक रोजगारीमा खाडी मुलुक पुग्नेहरु बिभिन्न स्थितिले रातो बाकसमा शिलबन्दी भएर घर फर्किरहेका मान्छेहरुको दर्दमय कथाको एउटा वृतचित्र “चिसो मान्छे” अनि सञ्चारकर्मीहरुले लेख्ने गरेको कथाको शब्दमा प्रतिक्रियामा हार्दिक श्रद्धाञ्जीले भरिननु बाहेक केही बिकल्प नभएको मान्छे ।
निरोगी र उमेरदार व्यक्ती खाडी पुगेर जो श्रमिक हुन्छन् एकाएक ‘सडेन हार्टएट्याक’मा पर्छ अनि मृत्यु ! ‘पोष्टमार्टम’ समेत नभएका कैयौं श्रमिकका शवहरु आइरहेका हुन्छन् । समाचारको कन्टेन बन्ने र कसले ब्रेङ्किङ् खुराक दिने ? होट बन्नेगरेको त्यही चिसो मान्छे । जुन चलचित्रको पर्दामा देखाईएको छ। बाकसमा फर्किने चिसो मान्छेका कथा ।
शवसँग जोडिएको कथामा ३ पात्रले अभिनयमा एकदमै न्याय गरेको पाइन्छ ।
नेपालमा भारतीय सिनेमाको प्रभाव भए पनि नेपालमा बन्ने लगानी हेर्ने हो भने नेपाली चलचित्र धेरै स्तरिय मान्न सकिन्छ भने चलचित्र स्तरिय बने हल सम्म नेपाली चलचित्र हेर्न दर्शकहरु पछिल्लो समय हलसम्म पुग्ने गरेको यर्थाथ पनि हाम्रै माझ छ ।
यसैविच आसा बोकेको नेपाली चलचित्र चिसो मान्छे भएको निर्माण टोली बताउछन् ।
साँच्चैनै नेपाली चलचित्र ‘चीसो मान्छे’ मा आफ्नो माटाकोे सुगन्ध छ । दुःख र आँशुको संवेदनामा बुनिएको छ । रियल लाईफलाई रिलमा उतारेर दीपेन्द्र के खनालले काममा न्याय गरेका छन् ।
यसअघि नेपाली चलचित्र पशुपति प्रसाद ‘आमा’ निर्देशक गरेकासमाजको सुक्ष्म विषयवस्तुलाई महसुस गरेर निर्देशन गर्न सक्ने निर्देशक खनालले ‘चिसा मान्छेहरू’को कथा ल्याएका हुन् ।
………………………………………………………………………………………………………………
चलचित्र नेपालका बिभिन्न सिनेमा घरहरुमा प्रर्दशन भईरहेको भने हेटौंडा उपमहानगर४नारायणी मलमा रहेको एन.एस हलमा पनि हेर्न पाईन्छ।एनएस सिनेमा हलमा प्रर्दशन भएको चलचित्र ‘चीसो मान्छे’। शानदार पर्दमा हेर्न पाइने भएको छ । चलचित्रलाई हेर्नकालागि को संपर्क नम्बर057-524718 मा अग्रिम बुकिङ्ग गर्न सकिन्छ ।
………………………………………………………………………………………………………………
नेपालमा बिभिन्न महामारी आएपछि पर्ने कैयौं संकटहरु छन नै । यसैविच पछिल्लो समय कोरोना महामारीका कारण सम्पूर्ण काम ठप्प अनि वैदेशिक रोजगारीमा खाडी गएकाहरू उतै रोकिएका थिए । न काम न आम्दानी यता देशमा निषेधाज्ञा।
नेपाली श्रमिकको शव घरसम्म सहजै पुर्याईने व्यवस्था नहुनु शवबाहन समेत उपलब्ध नगराइने कठिन अवस्था । लकडाउनमा सुदूरपश्चिमको बाजुरा बाट एउटा शव लिन मृतकका बाबु र मृतककी श्रीमती काठमाडौं एयरपोर्ट आइपुगेपछि रातो बाकसभित्रको लोग्ने । बाजुरा सम्म शव यात्रा ।
सामाजिक सुरक्षा कोषको व्याख्या गरिरहने राज्यप्रणालीले के गर्यो ? भन्ने देखाईएको छ ।
कथामा महामारीमा मान्छे–मान्छेबीच बढेको दूरीदेखि राजनीतिक सामाजिक भेदभावमा सामाजिक सुक्ष्म विषयमा ‘चिसो मान्छे देखिएको वास्तविक छ भने महामारीको कथालाई व्यूंताएको छ ।
खाडीमा पुगेको त्यो श्रीमान न जीवनको रमाइलो अनुभव पायो । न साथै थियो न काँधको सिरानी राखेर एकपटक न निदाउन पायो । न प्रेम, श्रीमतीको नभई सधैं भरिलाई चिसो मान्छे भयो ।
चलचित्रका मुख्य कलाकारहरु अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता अर्पण थापा र देशभक्त खनाल हुन् ।
रोजगारीको सिलसिलामा खाडी पुगेका डम्बरको कतारमा हृदयघातका कारण मृत्यु हुन्छ। डम्बरको शव लिनलाई बाजुराबाट डम्बरको श्रीमती र बुवा काठमाडौं जान्छन् त्याहाँदेखि बाजुरासम्मको लामो शवयात्रामा मृतक छोराका बाबुको मनको बह, गरीबीको दलदल, राजनीति र परिवर्तनका नाममा आएको दवदवाह, पिडानै पिडाको कथा ।
एउटा छोराको शव लिएर आइरहेको अवस्थामा विचमा ‘शव संवेदना’ लाई खल्बल्याएको पिडा अर्को तिर एउटा गायिका बन्ने रहर बोकेकी बाजुराली चेलीको सानैमा विबाह हुँदा चाहाना पूरा गर्न नसकेर भोगेको समस्या कथामा देखाइएको छ ।
राजनीतिक दलको लाचारी, प्रशासनको गैरजिम्मेवारी, आम नागरिकको संघर्ष शक्तिको शासन, मृत्युजस्तो संवेदनशील विषयमा अमानवीय व्यवहार समुदायमा गरिने भेदभावदेखि स्वतन्त्रताको खोजी गरिरहेकी महिलाको अभियान देखिन्छ।
सर्मिला पाण्डेको निर्माण दीपेन्द्र के खनालको कथा र निर्देशन रहेको ‘चीसो मान्छे’।मा कलाकार अशोक थापा, अर्पण थापा, स्वस्तिमा खड्का, देश भक्त खनाल लगायतको अभिनय रहेको छ ।
भारतबाट फर्किएर कतार गएको प्रसंग पश्चिमेली भाषा पोशाकदेखि जुत्तासम्मले पश्चिमको भूगोललाई न्याय गरेको छ ।
सिर्जनशिल निर्देशकले ल्याएको नेपालीको कथा नेपाली समाजको आजको यथार्थ हेर्नै पर्ने ‘चीसो मान्छे’।
दृश्य, संगीत, कथा देखि हर चिज सामाजिक विषय भएकाले अब बन्नुपर्ने ‘चिसो मान्छे’हरू जस्ता चलचित्र आवाश्यक छ ।














प्रतिक्रिया दिनुहोस्