Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र

चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको यस वनलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भगवान् शिवको मूर्ति भित्र्याइएको हो । शिवलिङ्ग, शङ्ख, पर्वत तथा भगवान्का आकृति रहेको गुफाभित्र मूर्ति भित्र्याई प्राणप्रतिष्ठा गरिएको छ । चिन्ते सामुदायिक वनका पूर्व अध्यक्ष सीताकुमारी सिंह र सदस्य विष्णुदेवी सिग्देलले मूर्ति सहयोग गर्नुभएको हो । पर्यापर्यटनको लागि सौन्दर्यीकरणसँगै यहाँको छाङ्दी झरना अहिले आन्तरिक पर्यटकको रोजाइँमा परेको छ । झरनासँगै रहेको चमेरे गुफालाई धार्मिकस्थलको रुपमा विकास गर्नको लागि पहल सुरु भएको छ । कालीगण्डकी नदी नजिकै रहेको गुफाको आफ्नै महिमा भएको भन्दै यसलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गरिन थालिएको हो । झरना अवलोकनको लागि आउनु भएको एक जना मातामा देवी चढेपछि गुफामा भगवान् शिवको बास रहेकाले शिवको मूर्ती राखिएको स्थानीय बताउँछन् । यहाँको झरनामा पछिल्लो समय रमाउन जानेको घुइचो छ । विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पाइन्छ । डिभिजन वन कार्यालय पाल्पाले झरनाको सौन्दर्यकरणको लागि पौडी पोखरी, बाटो, आकर्षक काठको रेलिङ्गसहित, सेल्फी स्टेसन लगायतका संरचना निर्माण गरेपछि वनले पर्यटक लोभ्याइरहेको छ । यहाँ दैनिकजसो करिव तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । कालीगण्डकी सडक सञ्जालसँग जोडिएकाले पनि पर्यटकलाई आवतजावतमा सहज भएको छ । करिव एक सय ५० मिटर माथिबाट झरेको झरनाको पानीमा हिजोआज आन्तरिक पर्यटकहरु पौडी खेल्ने र रमाउनेको दृश्य देख्न सकिन्छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology