सूचनाको आधारमा चेक जाँच गर्दा पूर्वि चितवनको लोथरमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो। ट्रकको क्याविनको भागमा फल्स बटम बनाई गाँजा लुकाएर ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।
प्लाष्टिकले बेरेका १६ वटा पोका बनाएर गाँजा राखिएको थियो। गाँजासंगै ट्रक र एक जना भारतिय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा भारतको पूवी चम्पारण बिहार रक्सौलका ३० बर्षिय कुन्दन पटेल रहेका छन्। उनलाई लागुपदार्थ ओसारपसारमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।
अहिले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धन भैरहेको कार्कीले जानकारी दिए। गाँजा नेपालकै हुन सक्ने प्रहरीको अनुमान छ।
यो न्युज नागरिक न्युजबाट साभार गरिएको हो ।























प्रतिक्रिया दिनुहोस्