चितवनमा अवैध काठ र तीन वटा मोटरसाइकल बरामद गरिएको छ। भरतपुर महानगरपालिका ११ भोजाड स्थित खगेरी पुल नजिकैको नवजाकृति सामुदायिक वनबाट गएराति १ बजे पदमपुरतर्फ लुकाई छिपाई लैजाँदै गरेको ३ गोलिया सालको काठ र तीन वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको हो।
मोटरसाइकल प्रयोग गरि लैजाँदै गर्दा अस्थाई प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीको गस्तिले काठ र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। काठ लैजाने व्यक्ति प्रहरीलाई देख्ना साथ काठ र मोटरसाइकल छाडेर फरार भएको प्रहरीको भनाई छ। ना१६प २०५७, ना ६प २६४२ र ग४प ५९४३को मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ। काठ र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।
नागरिकबाट सभारछ ।























प्रतिक्रिया दिनुहोस्