चितवनको बागीश्वरीमा गाईको महत्व दर्शाउन सामूहिक गौ पुजन तथा गौ कथा महोत्वसको आयोजना गरिएको छ। बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमले आज(सोमबार)देखि सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सवको आयोजना गरेको हो।
भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरीमा सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ। गौ कथा महोत्सवको गलेश्वर आश्रमका पिठाधिस १००८ स्वामी आत्मनन्द गिरिजी महाराजले उद्घाटन गरे। सो अवसरमा बोल्दै उनले गौहरुको संरक्षणमा सबै लाग्नुपर्ने बताए। उनले हिन्दु धर्म संस्कृतिमा गाईको महत्व बढि हुने भन्दै यसको संरक्षणमा राज्य समेत लाग्नुपर्ने धारणा राखे।
आज पहिलो दिन प्रमुख बाचकको रुपमा डा.गुरुप्रसाद सुवेदीले प्रवचन दिएका थिए। दोस्रो दिन पण्डित दीनबन्दु पोखरेल र तेस्रो दिन आचार्य चन्द्रदत्त सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको बागीश्वरी आध्यात्मिक परिषद वरिष्ठ उपाध्यक्ष पुर्णबहादुर श्रेष्ठले जानकारी दिए।
बागीश्वरीमा नियमित हुँदै आएको गौ पुजालाई निरन्तरता दिँदै यसवर्ष गौ कथा महोत्सवको रुपमा विस्तार गरिएको बताए। यहाँ सामूहिक गौ पुजासंगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिएको छ।
बागीश्वरीमा प्रत्येक वर्ष गोबद्र्धन पुजाको दिन गाई र गोबद्र्धनको पुजा गर्नेको भीड लाग्छ। यसवर्ष भोलि गोबद्र्धन पूजाका दिन सूर्यग्रहण लाग्ने भएका कारण आजै गौ पुजा गरिएको बागेश्वरी आध्यात्मिक परिषदका अध्यक्ष शैलेन्द्र पियाले जानकारी दिए। बागीश्वरीमा दुई सय भन्दा बढि स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताहरुको सहयोगका भरमा गाइको संरक्षण गरिएको बागीश्वरी आध्यात्मिक परिषदका उपाध्यक्ष रामप्रसाद वस्तीले बताए।
नागरिक न्युजबाट साभारछ ।























प्रतिक्रिया दिनुहोस्