Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

चाडपर्वको निर्णय गर्दै स्थानीय सरकार

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय गरेको छ । नेपालीहरूको धर्म, संस्कृति मूल्य, मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालिका पात्रोलाई मानिन्छ ।सामान्यतया तिथि, बार, नक्षत्र, योग, करण यी पाँच विषय पात्रोमा हुने भएकाले यसलाई पञ्चाङ्ग भन्ने गरिएको हो । पञ्चाङ्गको निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिति गठन गर्छ । उक्त समितिले धर्मशास्त्रविद्, ज्योतिषिलगायत विद्वान्को सहभागितामा बैठक गरी चाडपर्वको निर्णय गर्ने गर्छ । समितिले यस वर्ष स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा साउन २७ गते रक्षाबन्धन र गाईजात्रा पर्व पर्ने उल्लेख छ । समितिको यस वर्षको दुबै पर्व एकै दिन मनाउने निर्णय काट्दै भक्तपुरका दुई स्थानीय तहले फरक निर्णय गरेका छन् । भक्तपुरको मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले साउन २६ गते बिहीबार रक्षाबन्धन (जनैपूर्णिमा) र साउन २७ गते शुक्रबार गाईजात्रा पर्व मनाउने निर्णय गरेका हुन् । यो निर्णयसँगै चाडपर्वका बारेमा निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई छ कि छैन भन्ने बहस पनि चलेको छ । मध्यपुरथिमि नगरपालिकाले साउन २३ गते सोमबार सरोकारवालासँग बैठक गरी यस्तो निर्णय गरेको सार्वजनिक भएको छ । यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाउने नगरपालिकाको निर्णय छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकै दिन दुई पर्व मनाउन व्यावहारिक नभएको गुनासो गरेको नगरपालिकाले जनाएको छ । ज्योतिषशास्त्रअनुसार तोकिएकै तिथिमा सांस्कृतिक पर्व मनाउनुपर्छ । नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेकाले दुई दिन मनाउने निर्णय गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले छलफलमा जानकारी गराउनुभयो । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा ७ बजेसम्म पूर्णिमा तिथि छ । त्यसैले पात्रोमै उल्लेख भएअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको उहाँले सुनाउनुभयो । नगरपालिकाको छलफलमा वडा नं ८ बोडेको ऐतिहासिक एवं धार्मिक महत्वको नीलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्वितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेको विषयमा पनि छलफल भएको थियो । यसका लागि २७ गते गाईजात्रा मनाउनुपर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिनुभएको विवरण नगरपालिकाले सार्वजनिक गरेको थियो । यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो । पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी स्थानीय सरकारलाई चाडपर्वको निर्णय गर्ने अधिकार भए नभएको विषयमा आफूले भन्न नसक्ने बताउनुभयो । समितिले धर्मशास्त्रविद् र ज्योतिषिसमेत बसेर निर्णय गरेकाले यो शास्त्रसम्मत रहेको जानकारी पनि उहाँले दिनुभयो । “पूर्णिमा तिथिको पूर्वाद्र्धमा भद्रा हुन्छ, भद्रामा श्रावणी र फाल्गुनी नगर्नु भन्ने शास्त्रीय मत छ, यसैले परम्परा र व्यावहारिकतालाई पनि हेरेर साउन २७ गते शुक्रबार रक्षाबन्धन र गाईजात्रा दुवै पर्व मनाउने निर्णय गरिएको हो, सापारु शब्दले नै प्रतिपदा तिथिका दिन गाईजात्रा मनाउनुपर्ने भन्ने बुझिन्छ”–उहाँले भन्नुभयो । संस्कृति मन्त्रालयका प्रवक्ता डा टोकराज पाण्डे पनि स्थानीय चाडपर्वका विषयमा मात्र स्थानीय सरकारले निर्णय गर्ने बताउनुभयो । राष्ट्रिय रुपमा मनाउने चाडपर्वका बारेमा पञ्चाङ्ग निर्णायक विकास समितिले नै निर्णय गर्दा विज्ञता पुग्छ भन्ने मान्यतामा समितिको गठन आदेशमा व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गर्दै चाडपर्व सम्बन्धी निर्णय, पात्रो एवं भित्तेपात्राको स्वीकृति र ज्योतिष एवं कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्ने अधिकार समितिलाई दिएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल चाडपर्वका बारेमा नगरपालिकाले निर्णय गर्दा गलत नजिर बस्ने बताउनुभयो । साउन २७ गते रक्षाबन्धनपछि गाईजात्रा भ्याइँदैन भन्ने तर्क हुन नसक्ने उल्लेख गर्दै उहाँले साउन २६ गते सूर्योदयकालमा चतुर्दशी तिथि र अपराह्नकालमा पूर्णिमा तिथि लागेपछि भद्रा हुने भएकाले रक्षाबन्धन त्यसदिन हुन नसक्ने उहाँले सुनाउनुभयो । विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल चाडपर्व मनाउँदा शास्त्रीय मान्यता अनुसार नै मनाउनुपर्ने भएकाले समितिको निर्णय उचित रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology