दोलखाकै पुरानो गौरीशङ्कर बहुमुखी क्याम्पस, चरीकोटमा पुस्तकालय निर्माण गरिएको छ । क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठले धर्मपत्नी रुपा श्रेष्ठको स्मृतिमा पुस्तकालय निर्माण गर्नुभएको हो । रुपा फाउण्डेसनको सहयोगमा रु २५ लाखको लागतमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ आज क्याम्पसलाई हस्तान्तरण गरिएको छ । फाउण्डेसनका संयोजक श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरलाई हस्तान्तरण पत्र प्रदान गर्नुभयो । –––
रासस




















प्रतिक्रिया दिनुहोस्