ग्यास बिक्रेताले ग्यासमा स्वचालित मूल्य प्रणाली कायम गर्न माग गरेका छन्। नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक उमेश थानीसँगको भेटमा ग्यास बिक्रेता महासंघ नेपालका टोलीले यस्तो आग्रह गरेका हुन्।

खाना पकाउने ग्यासमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न माग गरेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए। स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा नआउँदा नोक्सानी बढेर आपूर्तिमै समस्या आउने अवस्था आएकाले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य घटबढ हुने प्रणाली लागू गर्नुपर्ने अर्यालले बताए।

ग्यास बिक्रेतासँगको भेटमा निगमका कार्यकारी निर्देशक थानीले इन्धन परल मूल्यमा बिक्री गनुपर्ने धारणा राखेका थिए। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमलाई नोक्सानी भएको समेत बताए। घाटा भए पनि उपभोक्तालाई आवश्यकता अनुसार इन्धन उपलब्ध गराउने प्रतिवद्धता जनाए।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो