प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस आफैंमा निर्वाचन’bout स्पष्ट विचार बनाउन नसक्दा यसले गठबन्धनमा अन्योलता सिर्र्जना गरेको छ । गठबन्धनका अन्य दुई दलमा ओवादी केन्द्र र एकीकृत समाजवादी यसबाट धेरै प्रभावित हुनपुगेका छन् । उनीहरू अहिलेसम्म अनिर्णयको बन्दी बनिरहेको अवस्था सिर्जना हुन गएको छ । मिलेनियाच्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आए पनि उसैको नेतृत्वमा रहेका तीनवटा दलमा भने निराशा छाएको छ । एउटै गठबन्धनमा कसैमा आशा र कसैमा निराशा छाएपछि यसले गठबन्धनमा आशंका र अविश्वासको वातावरण सिर्जना गरिरहेको छ । नेपाली कांग्रेसमा आफ्ना सत्ता साझेदारलाई फकाउने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरे पनि उनकै दलका अन्य नेता भने यसमा खुलेर बोलिरहेका छैनन् । व्यक्ति विशेषले जे बोले पनि कार्य समितिको बैठक बसेर संस्थागत निर्णय लिने बानी बसालेको नेपाली कांग्रेस फेरि पनि संस्थागत निर्णयमा जाने देखिएको छ । यसले संस्थागत निर्णय नगरे पनि आफूहरूले जित्ने स्थानमा कसैसँग पनि तालमेल नगर्ने र एकपटक आफ्नो शक्ति पहिचान गर्ने मुडमा रहेकाले गठबन्धनलाई साथमा लिएर जानेमा उसका सहयोगी आशंकित छन् ।
निर्वाचन मुखमा आइसकेको छ । स्थानीय निर्वाचनको त तिथिमिति पनि घोषणा भइसकेको छ । सबै राजनीतिक दल आआफ्नो तयारीमा लागि परिरहेका छन् । नेपाली कांग्रेस त निर्वाचनमा घोषित रूपमा होमिइसकेको छ । यस्तो अवस्थामा यसका सहयोगी दल आत्तिनु स्वभाविक पनि हो । चुनाव’bout गठबन्धनका बीचमा नै स्पष्ट हुन नसक्दा यसले चुनावी अभियान नै अलपत्रमा पार्ने देखिएको छ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै स्थानीय तह निर्वाचन लक्षित एक महिने चुनावी कार्यक्रम अघि बढाइसकेको छ । कांग्रेस ७७ वटै जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा पुग्दै गर्दा ऊसँग सहकार्य गरिरहेका राजनीतिक दल भने अकर्मण्यतामा फसिरहेका छन् । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्दै गर्दा अरू दल घाम तापेर बस्न सक्ने अवस्था पनि छैन । उता प्रतिपक्षी दल नेकपा एमाले पनि जनताका बीचमा आफ्ना कार्यक्रम लिएर जान थालिसकेको छ । अहिले जनताका बीचमा पुगेर जनताका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने मात्र गरे पनि चुनावी माहोल बन्ने अवस्था सिर्जना भइसकेको छ ।
निर्वाचन आयोगले पनि आफ्नो तयारी पूरा गरिसकेको छ । सुरक्षाका लागि पनि तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । अर्थमन्त्रालयबाट निर्वाचनका लागि आवश्यक बजेट पनि निकासा हुने संकेत देखापरिसकेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेस र प्रतिपक्षी एमालेबाहेकका राजनीतिक दललाई निर्वाचनमा जान कठिनाइ परिरहेको छ । साना दल भएकाले आफ्नो प्रचारले मात्र तिनका पक्षमा निर्वाचनको माहोल सिर्जना हुने देखिँदैन । उनीहरूका लागि गठबन्धन के हुन्छ भन्ने कुरा नै प्रमुख भएकाले सत्ता गठबन्धनमा रहेका माओवादी र समाजवादी अहिले पनि अनिर्णयको बन्दी बनिरहेका छन् ।
यो समाचार राजधानिबाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्