Rato Samachar
Sun, 21 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि विभिन्न प्रदेशमा प्राविधिक कर्मचारीको अभाव रहेको बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय तथा स्थानीय समन्वय, सहजीकरण तथा छलफल बैठकमा विभिन्न प्रदेशका प्रतिनिधिले खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव रहेको बताउनुभएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सातै प्रदेशमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको प्राविधिक र अनुभवी जनशक्तिको आवश्यकता हेरी परिचालन गर्ने बताउनुभयो । राखेपमा रहेका प्रशिक्षकले नभयाए प्रदेशले आ–आफनो तरिकाले राखेपबाहेकका प्रशिक्षकलाई ‘हायर’ गरी प्रतियोगिताको तयारी गर्न मन्त्री गहतराजले सातै प्रदेशलाई आग्रह गर्नुभयो । उहाँले नवौँ खेलकुदको लागि पर्याप्त समय भएको बताउँदै प्रदेशका मन्त्रालयले समन्वय गरेर प्रतियोगिताको तयारी गर्नुपर्ने बताउनुभयो । त्यस्तै प्रदेश–१ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश–१ मा जनशक्ति अभाव रहेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राखेपका प्राविधिक कर्मचारीलाई प्रदेशमा काजको रुपमा पठाएर सहयोग गरिदिन आग्रह गर्नुभयो । वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नौ वटा खेलको छनोट प्रक्रिया सकिसकेको बताउदै प्रदेशबाट ३६ खेलमा नै खेलाडीलाई सहभागी गराउने योजना रहेको बताउनुभयो । मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले प्रदेश–१ मा जनशक्तिको अभावसँगै अनुभवको कमीका कारणले गर्दा पूर्णरुपमा प्रतियोगिताको तयारी गर्न नसकेको बताउनुभयो । उहाँले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रु एक करोड २५ लाख बजेट छुट्याएको भन्दै युवा तथा खेलकुद मन्त्रलालयले खेलसम्बन्धी जानकार व्यक्तिलाई प्रदेशमा पठाइदिन आग्रह गर्नुभयो । राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघको नियमानुसार सञ्चालन गरिने भन्दै खेलगत, खेलाडी र प्रशिक्षकको नाम दर्ता आगामी भदौ १५ गतेभित्र गरिसक्नुपर्ने बताउनुभयो । उहाँका अनुसार खेलगत खेलाडी प्रशिक्षक पोशाकको साइज पनि भदौ १५ गतेभित्र दर्ता गराइसक्नुपर्नेछ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहनेछ भने ३६ खेल समावेश गरिने निर्णय भएको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

हेटौंडा उपमहानगरको छात्रवृत्ति मापदण्डविरुद्ध स्ववियुको आपत्ति

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology